२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीको फुर्ति झार्छु भनेर शेरबहादुरजीको सरकारले झ्याप्प दाहिने खुट्टाले ब्रेक ठोक्यो : ओली

२०७८, ५ आश्विन मंगलवार १०:२५

न्युज कारखाना । ५ असोज, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफूले ल्याएको विकासको योजना रोकेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् । श्वेतशार्दूल पुस्तक विमोचन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै ओलीले आफूले अघि सारेका रणनीति सडकसमेत १४ सय सडक बजेटमा रोकेर सरकारले अशुभ संकेत देखाएको टिप्पणी गरे । ओली फुर्ति झार्छु भनेर एकैचोटि रोकिदिएको उनको गुनासो थियो ।'अलिकति दिउँसै ग्रहण लाग्यो भने ग्रहणतिर नहेर भन्छन् । अहिले देशमा ग्रहण लागेको छ । धेरै हेर्ने होइन । अशुभ छ । रणनीति सडकसमेत १४ सय सडक रोक्नु छ । बजेट आयोजना सबै खतम छ । क्या बात,' उनले भने, 'झ्याप्प दाहिने खुट्टाले ब्रेक ठोक्यो । ल बना बाटो, ओली फुर्ति झार्छु भनेर एकैचोटि शेरबहादुरजीले नेतृत्व गर्नुभएको सरकारले रोकिदियो ।' 

सरकारले यता लाग्ने कि नलाग्ने भनेर कर्मचारीलाई धमक्याउने र दु:ख दिने काम गरिरहेको ओलीको आरोप थियो ।  'म त पेसाकर्मी हुँ । कुनैमा लाग्न मिल्दैन भन्दा भोलिपल्ट देखाइदिने, पठाइदिने । न त्यहाँ न डेरा पाइन्छ । न सवारीसाधन,' उनले भने, 'कर्मचारीलाई अपायकमा सारिदिने, काखमा बच्चा भएको महिलालाई बच्चा थाम्नै नसक्नेगरी दुर्गममा सारिदिएको छ । वा लोकतन्त्र ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह