७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका भ्रमणको मेरो प्राथमिकतामा एमसीसी छैन : परराष्ट्रमन्त्री डा. खड्का

६ आश्विन २०७८, बुधबार १०:४६

असोज ६, काठमाडौं।  नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको राष्ट्रिय हितलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भनेर आफू लागिपर्ने बताएका छन्।

सिंहदरबारमा बुधबार पदभार ग्रहण गर्दै मन्त्री खड्काले भने,‘हामी छिमेकी राष्ट्रहरुसँग अत्यन्तै घनिष्ठ र सन्तुलित सम्बन्ध कायम गर्दै अगाडि बढ्ने हो। परराष्ट्र नीति भनेको कुनै एउटा दल विशेषको मात्रै हुँदैन, त्यसकारण सबै दलको सहमतिको आधारमा अघि बढ्ने हो।’

आफू संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनको लागि अमेरिका जान लागेको पनि उनले सुनाए। उनले उक्त अवसरमा आफ्नो सबैसँग भेटवार्ता हुने र महत्वपूर्ण विचार आदानप्रदान हुने पनि विश्वास दिलाए। उनले आफ्नो अमेरिका भ्रमणमा एमसीसी प्राथमिकताको लिष्टमा नभएको भन्दै विशुद्ध रुपमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने भएको बताए।

उनले भने,‘त्यहाँ नेपालको आफ्नो एजेण्डा प्रस्तुत गर्नेछु।’ उनले राजदूत दलविशेषको आधारमा बनाउने विषय नभएको पनि टिप्पणी गरे। अमेरिकाबाट फर्किएर आएपछिमात्रै राजदूत नियुक्तीको प्रक्रिया थाल्ने र योग्य व्यक्तिलाई जिम्मेवारी दिइने पनि उनको विश्वास छ।-लोकपाटीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या