७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महासचिव चयन गर्दै एकीकृत समाजवादी

६ आश्विन २०७८, बुधबार १२:१६

असोज ६, काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले महासचिव चयन गर्ने भएको छ। मंगलबारदेखि जारी एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकका एजेण्डा अनुसार बिहीबार महासचिव चयन गर्ने तयारी भएको हो।

पार्टी केन्द्रीय समितिको बैठक भोलि बस्ने बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूको अन्तिम टुंगो लगाइने पनि पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।      

‘भोलिको बैठकले हाम्रा आगामी कार्ययोजना पारित गर्नेछौं। तीन महिनाभित्र पार्टीको राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने योजनामा लागिरहेका छौं। समयले नभ्याए अर्कै कुरा हो, नभए त्यो काम गर्नेछौं,’ खतिवडाले भने।

त्यस्तै, पार्टीको चुनाव चिह्नका लागि धेरै सुझावहरू प्राप्त गरिएको भन्दै उनले त्यसलाई चाँडोभन्दा चाँडो अन्तिम रूप दिएर निर्वाचन आयोगमा जाने बताए। पार्टी दर्ताका बेलामा यो पार्टीले चुनाव चिह्न बुझाएको थिएन।  

बुधवारको बैठकले ‘समाजवाद’ नामको पार्टीको मुख पत्र प्रकाशन गर्ने निर्णय पनि गरेको छ। ‘यसैगरी चाँडोभन्दा चाँडो एउटा बुलेटिन प्रकाशित गर्नेछौं। त्यो समसामयिक बुलेटिन हुनेछ। महिना दिनमा हुन्छ कि १५ दिनमा हुन्छ कि, समय र कार्य कस्तो गर्न सकिन्छ,’ उनले भने। बैठक भोलि पनि बस्नेछ।- लोकपाटीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या