२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त

२०७८, ७ आश्विन बिहीबार ०४:३०

असोज ७,काठमाडौँ ।  राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)को केन्द्रीय अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) का प्रदीपराज वन्तसहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२औँ केन्द्रीय अधिवेशन तथा २५औँ वार्षिकोत्सव रजत जयन्ती सम्पन्न भएको छ । काठमाडौँमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

अधिवेशनले वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ भने दुई केन्द्रीय सदस्य केन्द्रीय कमिटिले मनोनित गर्ने छ ।  राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति चयन गरिएको हो । वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससकी भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ, कोषाध्यक्ष न्यूभिजन मिडियाका सागर श्रेष्ठ, सचिव रिर्पोटर्स नेपालका मुकुन्द कालीकोटे रहनुभएको छ ।

त्यस्तै केन्द्रीय सदस्यमा नयाँपेजका प्रवीण कुलुङ राई, अन्नपूर्ण टाइम्सका घनश्याम श्रेष्ठ, बाह्रखरीका हरिशसिंह नगाल, अनलाइनखबरका आर्यन धिमाल, थाहाखबरकी शिला तिमिल्सिना, नेवाः टाइम्सकी रमिता छुँजु र प्रभाव दैनिकका प्रदीपकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

कार्यक्रममा एनएफपिजे हरि गोपाल फोटो पत्रकारिता पुरस्कार २०७६÷७७ बाट मनोरञ्जनतर्फ नवराज वाग्ले र कपिल खड्का, खेलकुद विधामा सत्यम श्रेष्ठ र उज्जवल डङ्गोल, पर्यापर्यटनतर्फ नारायण सिलवाल र प्रेम थापा, संस्कृति सम्पदातर्फ शोभा मर्हजन र प्रदीप शाक्य तथा साहासिकतर्फ मुकुन्द कालीकोटे र पूर्णिमा श्रेष्ठलाई प्रमाणपत्र र चाँदीको तक्मा प्रदान गरिएको थियो । पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाका नाममा स्थापना गरिएको माधव थापा जोखिम पूर्ण फोटो पत्रकारिता पुरस्कार शिलापत्रका फोटो पत्रकार सुशीलकुमार श्रेष्ठलाई नगद रु १० हजारसहित प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो भने काठमाडौँ फोटोग्राफर सङ्घका अध्यक्ष डिगम्बर राजवंशी, पूर्वअध्यक्ष विकास रौनियार र कविन्द्रमान शाक्यले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । निर्वाचन प्रक्रियामा व्यवसायी तथा समाजसेवी नारायण श्रेष्ठ, पत्रकार माधव बराल र पूर्वअध्यक्ष कविन्द्रमान शाक्यको निर्वाचन कमिटीले सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह