७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एकीकृत समाजवादीले महासचिवको टुंगो लगाउँदै : यी हुन् दाबेदार

७ आश्विन २०७८, बिहीबार ०५:१३

असोज ७, काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक गत मंगलबारदेखि जारी छ। बिहीबार बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले पार्टीको महासचिव, स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरु टुंगो लगाउँदै छ । 

महासचिवमा डा. वेदुराम भुसालको सम्भावना रहेको स्रोतले जनाएको छ। महासचिवका लागि भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, प्रकाश ज्वाला, डा. विजय पौडेललगायतले दाबी गरेका छन्। यीमध्ये पनि भुसाल, पाण्डे र पौडेलको दाबी सशक्त रहेको एक नेताले बताए। 

केन्द्रीय कमिटीको संख्या अनुसार पोलिटव्युरो र स्थायी कमिटी सदस्यहरु टुंगो लगाइने छ। केन्द्रीय कमिटीको एक तिहाइ पोलिटव्युरो र पोलिटव्युरोको एक तिहाइ स्थायी कमिटी सदस्य हुने छन्। हाल स्थायी कमिटीमा अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहित मुकुन्द न्यौपाने, डा. वेदुराम भुसाल र प्रमेश हमाल छन्।

एकीकृत समाजवादीले यसअघि प्रदेश इञ्चार्जहरु तोकेको थियो। प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेश इञ्चार्ज गरिमा शाह छन्। यसैगरी उपत्यका विशेष प्रदेश इञ्चार्ज विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इञ्चार्ज विजय गुरुङ र मोर्चा इञ्चार्ज डा. विजय पौडेल छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या