असोज ७, काठमाडौं। मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सत्तारूढ गठबन्धनमा रहेका दलहरूको बैठक आज पनि बस्दै छ। यसअघि बुधबार बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज पनि गठबन्धनको बैठक बस्न लागेको हो। बैठक अपरान्ह बस्ने तयारी भैइरहेको छ।
सरकार गठन भएको दुई महिनाभन्दा बढी समय भइसक्दा पनि देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन्।
आजको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेता सहभागी हुने बताईएको छ।