२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतमलाई झट्का, नेकपा एमालेद्वारा राजीनामा अस्वीकृत

२०७८, ८ आश्विन शुक्रबार ०६:१९

कमल बिक्रम जिसी, असोज ८,  काठमाडौं। एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ। गौतमले राजीनामा दिएको तीन साता बितिसक्दा पनि एमालेले उनको राजीनामा अस्वीकृत गरेको हो।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले गौतमको राजीनामा स्वीकृत नभएको बताए। राजीनामा दिएपछि पनि गौतमको नाम अपडेट गरेर निर्वाचन आयोग पठाएकाले राजीनामा अस्वीकृत भएको बुझ्नुपर्ने तामाङले बताए।

गौतमले आफ्नो राजीनामा पत्रमा अध्यक्ष केपी ओलीलाई नवौँ महाधिवेशनले पारित गरेका राजनीतिक कार्यदिशा पालना नगरेको तथा सरकारमा हुँदा साझा घोषणापत्र समेत लागू नगरेको बताएका थिए। 

त्यस्तै उनले सर्वोच्च अदालतले असंवैधानिक भनेर खारेज गरेका विषयलाई समेत अध्यक्ष ओलीले आफूलाई सुधार नगरेको तथा पार्टीका बिचार सिद्धान्त र कार्यदिशा पालना नगरेको राजीनामामा लेखेका थिए। नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह