७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सशस्त्र प्रहरीका डिआइजीहरुको सरुवा, कर्णालीको छ नम्बर बाहिनीमा खत्री जाने

८ आश्विन २०७८, शुक्रबार ०७:४६

असोज ८, काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बलका १० जना डिआइजीको सरुवा गरेका छन्। बिहीबार अबेर गरिएको सरुवामा प्रहरी महानिरीक्षकको सचिवालयमा डिआईजी मन्दीप श्रेष्ठलाई लगिएको छ।

त्यसैगरी डिआईजीद्वय राजु अर्याल तथा नारायणदत्त पौडेललाई पनि मुख्यालयमै तानेर मानवस्रोत विभागमा लगिएको छ। बर्दिबासबाट चन्द्रप्रकाश गौतमलाई भने कार्य तथा सीमा सुरक्षा विभागमा तानिएको छ।

अन्य डिआईजीहरुमा १ नम्बर प्रदेशको पकलीस्थित बाहिनीमा कमल गिरी,२ नम्बर प्रदेशको बर्दिवासमा गणेश ठाडा मगर, बागमती प्रदेशको ३ नम्बर बाहिनी,चितवनमा किशोर प्रधान, गण्डकी प्रदेशको ४ नम्बर बाहिनी पोखरामा शम्भु सुवेदी,लुम्बिनी प्रदेशको ५ नम्बर बाहिनीमा कुलबहादुर नेम्बाङ,सुदूरपश्चिम प्रदेश,अत्तरियास्थित ७ नम्बर बाहिनीमा दुर्गा भट्टराई र ९ नम्बर बाहिनी (उपत्यका) मा वंशी दाहाललाई सरुवा गरिएको छ।

डिआईजी अभिकुमार खत्रीलाई भने कर्णाली प्रदेशको ६ नम्बर बाहिनी। डिआईजीलाई एउटा बाहिनीमा रहेर काम गरिसकेपछि फेरि बाहिनीमा सरुवा नगर्ने प्रचलन पनि यसपटक तोडिएको छ। दुई जना डिआईजीलाई बाहिनीबाट बाहिनीमै सरुवा गरिएको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या