७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेमा प्रतिवेदन प्रस्तावमाथि छलफल गर्न समूह गठन

८ आश्विन २०७८, शुक्रबार ११:१४

असोज ८, काठमाडौं । नेकपा एमालेले प्रस्तावमाथि छलफल गर्न १०वटा समूह निर्माण गरेको छ । विधान महाधिवेशनमा पेश गरिने प्रतिवेदन मस्यौदामाथि छलफल गर्न एमालेको केन्द्रीय कमिटी बैठकले १० वटा समूह निर्माण गरेको हो  । 

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा शुरु भएको केन्द्रीय कमिटी बैठकले प्रतिवेदन मस्यौदामाथि छलफल गर्न प्रदेशको आधारमा समूह बनाएको हो । समूहगत रुपमा छलफल गरेर प्रतिवेदन मस्यौदाहरुमाथि सुझाव केन्द्रीय कमिटी बैठकमा पेश गरिने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन मस्यौदा दिइएको छ ।

केन्द्रीय सदस्यहरुले अध्ययन गरेर समूहमा आफ्नो सुझाव राखी टोली नेताले केन्द्रीय कमिटी बैठकमा संकलित सुझाव पेश गर्ने तयारी रहेको छ  । समूहगत छलफलपछि शनिबार दिउँसो एक बजेबाट केन्द्रीय कमिटी बैठकमा सुझाव प्रस्तुत गरिने भएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या