७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एसको बागमती प्रदेश कमिटी बैठक काठमाडौंमा हुँदै

८ आश्विन २०७८, शुक्रबार १३:०६

असोज ८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बागमती प्रदेश कमिटी बैठक यही असोज १९ गते काठमाडौंमा हुने भएको छ। बागमती प्रदेशका सबै तहमा कसरी संगठन विस्तार गर्ने तथा राजनीतिक कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन गर्न आवश्यक कार्य योजना निर्माण गर्नेलगायत विषयमा बैठकमा छलफल हुने कमिटीका सहइञ्चार्ज जीवनराम श्रेष्ठले जानकारी दिए।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा हुने उक्त कार्यक्रममा पार्टीले सञ्चालन गर्ने राजनीतिक कार्यक्रम तथा अन्य अभियानमा प्रदेशको कमिटीले निर्वाह गर्नुपर्ने भूमिकामा समेत सहभागी नेताबाट सुझाव संकलन गरिने छ। कमिटीलाई सशक्त बनाउन कार्य विभाजनका साथै नेतालाई जिम्मेवारी दिइनेछ।

बैठकमा उक्त प्रदेशभित्रका पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्यलगायत २०० जनाको सहभागिता हुनेछ। स्थानीय तहमा जनताका समस्यालाई केन्द्रमा राखेर समाधान गर्न नेता तथा कार्यकर्तालाई कसरी परिचालन गर्ने भन्नेबारे प्रशिक्षण दिइनेछ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सांगठनिक विस्तार तथा राजनीतिक अभियान यही असोज ९ गते सञ्चालन गरिन लागेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या