६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदीय चुनावमा नजाने नेकपा ‘विप्लव’को निर्णय

१० आश्विन २०७८, आईतवार ०७:१४

असोज १०, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संसदीय व्यवस्थाबाट नागरिकका समस्या समाधान नहुने निष्कर्ष निकालेको छ। तनहुँको बन्दिपुरमा असोज १ देखि ५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले आगामी संसदीय चुनावमा भाग नलिने निर्णय पनि गरेको छ ।

बैठकले प्रगतिशील संयुक्त सरकार बनाएर जनमत संग्रहमा जाने निर्णय गरेको केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताए। ‘अहिले उठेका यावत समस्याहरूलाई समाधान गर्न संसदीय व्यवस्थाले हल गर्न सक्दैन। त्यसको विकल्पमा प्रगतिशील संयुक्त सरकार बनाउने, त्यसले वैज्ञानिक समाजवादी कि संसदीय व्यवस्था भन्नेमा जनमत संग्रह गर्नेछ। त्यहीँबाट जनतालाई फैसला गर्न दिनुपर्छ,’ पुनले भने।

संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमत संग्रहमा जाने विषयमा देशैभर बहस अगाडि बढाउने निष्कर्ष बैठकले निकालेको उनले बताए। पुनले भने, ‘प्रगतिशील संयुक्त सरकारले जनमत संग्रह गर्ने विषयलाई पार्टीको तलदेखि माथिसम्म पुर्‍याएर माहोल बनाउनेछौं, त्यसैलाई नै तात्कालिक राजनीतिक कार्यनीतिको रूपमा अघि सारिएको छ।’

यदि, जनमत संग्रह गर्ने स्थिति नभएमा संसदीय चुनाव के गर्ने भन्ने विषयमा त्यतिबेलाको परिस्थिति हेरेर निर्णय गर्ने भएको छ। यस्तै, यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न पहल गर्ने निर्णयसमेत गरेको पुनले बताए। ‘हामीले केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गर्‍यौं। सरकारबाट तीन बुँदे सहमति कार्यान्वयन नहुँदा थुप्रै बन्दी रिहा भएका छैनन्,’ उनले भने, ‘तीन बुँदे सहमति कार्यान्वयन गराउन सरकारलाई दबाब दिने निर्णय भएको छ।’त्यसैले चुनावमा नजाने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या