२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदीय चुनावमा नजाने नेकपा ‘विप्लव’को निर्णय

२०७८, १० आश्विन आईतवार ०७:१४

असोज १०, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संसदीय व्यवस्थाबाट नागरिकका समस्या समाधान नहुने निष्कर्ष निकालेको छ। तनहुँको बन्दिपुरमा असोज १ देखि ५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले आगामी संसदीय चुनावमा भाग नलिने निर्णय पनि गरेको छ ।

बैठकले प्रगतिशील संयुक्त सरकार बनाएर जनमत संग्रहमा जाने निर्णय गरेको केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताए। ‘अहिले उठेका यावत समस्याहरूलाई समाधान गर्न संसदीय व्यवस्थाले हल गर्न सक्दैन। त्यसको विकल्पमा प्रगतिशील संयुक्त सरकार बनाउने, त्यसले वैज्ञानिक समाजवादी कि संसदीय व्यवस्था भन्नेमा जनमत संग्रह गर्नेछ। त्यहीँबाट जनतालाई फैसला गर्न दिनुपर्छ,’ पुनले भने।

संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमत संग्रहमा जाने विषयमा देशैभर बहस अगाडि बढाउने निष्कर्ष बैठकले निकालेको उनले बताए। पुनले भने, ‘प्रगतिशील संयुक्त सरकारले जनमत संग्रह गर्ने विषयलाई पार्टीको तलदेखि माथिसम्म पुर्‍याएर माहोल बनाउनेछौं, त्यसैलाई नै तात्कालिक राजनीतिक कार्यनीतिको रूपमा अघि सारिएको छ।’

यदि, जनमत संग्रह गर्ने स्थिति नभएमा संसदीय चुनाव के गर्ने भन्ने विषयमा त्यतिबेलाको परिस्थिति हेरेर निर्णय गर्ने भएको छ। यस्तै, यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न पहल गर्ने निर्णयसमेत गरेको पुनले बताए। ‘हामीले केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गर्‍यौं। सरकारबाट तीन बुँदे सहमति कार्यान्वयन नहुँदा थुप्रै बन्दी रिहा भएका छैनन्,’ उनले भने, ‘तीन बुँदे सहमति कार्यान्वयन गराउन सरकारलाई दबाब दिने निर्णय भएको छ।’त्यसैले चुनावमा नजाने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह