६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एमालेको स्थायी कमिटी बैठक च्यासलमा जारी

१० आश्विन २०७८, आईतवार ०७:२४

असोज १०, काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक जारी छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक जारी छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि समूहगत छलफल भएको छ। स्थायी कमिटी बैठक बसेका कारण बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक अहिलेसम्म बस्न सेकेको छैन।

१० वटा समूह बनाएर गरिएको छलफलका निष्कर्ष टोली नेताले शनिबारको बैठकमा सुनाएका थिए। १० बुँदे सहमति कार्यान्वयनका विषयमा पनि नेताहरूले कुरा उठाएका छन्। खासगरी सुदूरपश्चिम प्रदेशका नेताहरूले यस विषयमा बैठकमा माग उठाएका हुन्।

सबै समूहले पदाधिकारी संख्या बढाउनुपर्ने, कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने सुझाव दिएका छन्। यस्तै, पार्टीलाई समावेशी बनाउनुपर्ने र उमेरहद लागू गर्नेरनगर्ने विषयमा मिश्रित सुझाव आएका छन्। आज समूहबाट आएको सुझाव र निष्कर्षमा अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव पौडेलले जवाफ दिनेछन्। एमालेले यही असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन गर्दैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या