२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी निर्वाचनमा रामकुमारी झाँक्री र गोकर्ण विष्ट गुल्मीबाटै चुनाव लड्ने

२०७८, १० आश्विन आईतवार १०:०५

असोज १०, काठमाडौँ । नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा गुल्मीबाट लड्ने बताएकी छन् ।

झाँक्री गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार हुने छिन् । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एमालेका सचिव तथा पूर्व मन्त्री गोकर्ण विष्ट निर्वाचित छन् । त्यसैले अबको चुनावमा झाँक्री र विष्टबिच रोचक प्रतिस्पर्धा हुने देखिएको हो ।

पार्टीका केन्द्रीय सदस्यहरूलाई जिल्लाको इन्चार्ज बनाउने विधि पद्धति भए पनि गुल्मीको माटोमा जन्मेकी आफूलाई केन्द्रीय सदस्य हुँदा समेत जिल्लाको इन्चार्जको जिम्मेवारी पूरा गर्ने अवसर नदिइएको उनको भनाई छ। झाँक्रीले गुल्मीबाट चुनाव लड्ने घोषणा गरेपछि अब गुल्मीमा पूर्व मन्त्री विष्टसँग उनको प्रतिस्पर्धा हुने भएको छ।

आफूले लामो समयदेखि राजनीतिमा सक्रिय रहे पनि नेताहरूले गुल्मीलाई भूगोल बनाएर काम गर्ने वातावरण नदिएको कारण आफू बाहिर भए पनि अब भने गुल्मीमै राजनीति गर्ने उनको भनाई छ ।

‘म जब राजनीतिमा सक्रिय रहेँ, गुल्मीमा रामकुमारीले आफ्नो भूगोल बनाउँछ भन्दै अवसरवादीहरूले सधैँ निषेध गरेकाले गुल्मीलाई आफ्नो निर्वाचन क्षेत्र बनाउन सकिन’, उनले भनिन् । उनलाई गुल्मीको भूगोलमा राजनीति गर्न नदिने मध्ये प्रमुख पूर्व मन्त्री एवं गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण विष्ट हुन् ।

एउटै दलमा लामो समय रहेका यी दुवै जना युवा पङ्क्तिमा लोकप्रिय मानिन्छन् । एमाले विभाजनपछि झाँक्री नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएकी छन् भने विष्टचाहिँ एमालेमै छन् ।सत्तारुढ गठबन्धनका केही नेताहरूले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले तालमेलका आधारमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यसका आधारमा पनि झाँक्रीलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले समर्थन गर्न सक्ने आङ्कलन गरिएको छ । उता, विष्ट भने एमालेकै मतदाताको भर पर्नुपर्ने हुन्छ ।

उनका अनुसार पार्टीले अब छिटै गुल्मीमा प्रथम जिल्ला सम्मेलन गर्दै छ । सचिव झाँक्रीले आफू मात्रै नभएर गुल्मीमा हिमाल थापा, श्रीराम महत जस्ता सयौँ युवा नेताहरू पनि ठुला भनिएका नेताहरूसँग निर्वाचन लड्न तयार रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह