६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाका ११ पालिकामा कांग्रेसकोनेतृत्व चयन

१० आश्विन २०७८, आईतवार ११:०१

असोज १०, काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गोरखाको ११  वटै स्थानीय तहमा नेपाली काँग्रेसले अधिवेशन सम्पन्न गरेको छ ।

१४ औँ महाधिवेशनअन्तर्गत शनिवार भएको गाउँ/नगर अधिवेशनले नयाँ नेतृत्व चुनिएका छन् । ६ पालिकामा सर्वसम्मत र ५ पालिकामा निर्वाचनबाट पालिका सभापति निर्वाचित बनेका हुन् ।

गोरखा नगरपालिकाको नगर सभापति पदमा चन्दनबाबु खत्री विजयी भएका छन्। उनी यसअगाडि पनि नगर सभापति नै थिए। खत्रीले गोरखा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्षसमेत रहेका नगर सभापति पदका उम्मेदवार डिलबहादुर थापालाई हराएका हुन् । 

शनिबारै निर्वाचन सम्पन्न भएको पालुङटार नगर सभापतिमा विमल ढकाल विजयी भएका छन् । त्यसैगरी,  चुमनुव्री गाउँपालिका सभापतिमा सूर्य गुरूङ, धार्चेमा सन्तोष गुरुङ, सुलिकोटमा जितबहादुर घले सभापति चयन भएका छन्।

सहिद लखन गाउँपालिकामा काशिनाथ अंगाइ, धार्चे गाउँपालिकामा सन्तोष गुरुङ, आरुघाट गाउँपालिकामा राजु गुरुङ र अजिरकोट गाउँपालिकामा जंगबहादुर गुरुङ सर्वसम्मत पालिका सभापति चयन भएका छन् । 

यस्तै सिरानचोक भक्तबहादुर गुरूङ गाउँपालिका सभापति भए भने भीमसेन थापा गाउँपालिकामा नारायण भट्टराई सभापति भएका छन्। केही ठाउँमा चुनाव र केही ठाउँमा सर्वसम्मत तवरले नेतृत्व चयन गरिएको हो। अब प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्दै यही असोज १८ मा गोरखामा जिल्ला अधिवेशन गर्ने तयारी छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या