६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद विघटन ठिक थियो : ओली

१० आश्विन २०७८, आईतवार १२:०९

असोज १०, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले दुई पटक गरेको प्रतिनिधिसभा विघटन ठिक रहेको भन्दै बचाउ गरेका छन् । ललितपुरस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा जारी केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले संसद विघटन ठिक भएकाे बताएका हुन् । 

ओलीले संसदले काम गर्न नसक्ने भएपछि विघटन गरेको भन्दै चुनावमा जाने कुरा कहिल्यै गलत नहुने बताएका हुन् । शनिबार बसेको बैठकमा केही केन्द्रीय सदस्यहरुले संसद् विघटन गलत रहेको टिप्पणी गरेका थिए । आइतबार सोही विषयमा जवाफ दिँदै ओलीले संसदले काम नगर्न नसकेकाले ताजा जनादेशमा जाने निर्णय गरिएको भन्दै अहिले पनि संसदले काम गर्न नसकेकाले आफूले गरेको निर्णय ठिक रहेको बताए।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई चुनावमा जान कुनै समस्या नरहेको पनि बताएका छन् । उनले आफ्नो सरकारले अरुले पनि सिक्नुपर्ने काम गरेको दाबी गर्दै यत्रो काम गरेको पार्टीलाई चुनावमा जान कुनै समस्या नहुने बताए । उनले आफ्नै पार्टीका केही नेताहरुको कारण सरकारबाट हट्नुपरे पनि खासै क्षति नभएको उल्लेख गर्दै सम्हालिएर अगाडि बढ्ने बताए । उनले चुनावलाई केन्द्रमा राखेर काम गर्न पनि निर्देशन दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या