६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परराष्ट्रमन्त्री खड्काको शपथविरुद्ध सर्वोच्चमा मुद्दा

१२ आश्विन २०७८, मंगलवार १०:५५

असोज १२,  काठमाडौं। परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग राखेर सर्वोच्च अदालतमा रिट दायर भएको छ। कानूनी व्यवस्थाबिनै शपथ लिएको भन्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन्। उनको रिटको पेसी बुधबारको लागि तोकिएको छ।

मन्त्री खड्काले यही असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। कानूनबिनै शपथ गराएको भन्दै अधिवक्ता न्यौपानेले कानुन नबन्दासम्म मन्त्री खड्कालाई काम नगर्न/नगराउन अन्तरिम आदेश जारीको माग पनि गरेका छन्। उनले संविधान बमोजिम कानून बनाएर मात्रै शपथ हुनुपर्ने माग गरेका छन्। संविधानको धारा ८० बमोजिम संघीय कानूनबिना कसैलाई पनि मन्त्रीको हैसियतमा शपथग्रहण नगर्न नगराउन आदेश जारी हुनुपर्ने माग न्यौपानेको भनाइ  छ।

‘संविधानको धारा ८० बमोजिम सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएको भनिएकोमा संवैधानिक प्रावधान बमोजिम धारा ८० भनिए तापनि उल्लेखित धाराअनुसार ‘संघीय कानुनबमोजिम’ हुनुपर्नेमा कुनै पनि कानुनी व्यवस्था नगरी अथवा कानूनी स्रोतको अभावमा पद तथा गोपनीयताको शपथ गराइएको हुनाले उक्त गैरसंवैधानिक शपथ बदर गरी शपथसम्बन्धी कानून निर्माण गरी सोहीबमोजिम शपथ ग्रहणका लागि यो निवेदन लिई उपस्थित भएको छु,’ न्यौपानेको रिटमा भनिएको छ।

नेपालको संविधानको धारा ८० मा प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ। यस्तै राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्रीसमक्ष आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानूनबमोजिम पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या