२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परराष्ट्रमन्त्री खड्काको शपथविरुद्ध सर्वोच्चमा मुद्दा

२०७८, १२ आश्विन मंगलवार १०:५५

असोज १२,  काठमाडौं। परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग राखेर सर्वोच्च अदालतमा रिट दायर भएको छ। कानूनी व्यवस्थाबिनै शपथ लिएको भन्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन्। उनको रिटको पेसी बुधबारको लागि तोकिएको छ।

मन्त्री खड्काले यही असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। कानूनबिनै शपथ गराएको भन्दै अधिवक्ता न्यौपानेले कानुन नबन्दासम्म मन्त्री खड्कालाई काम नगर्न/नगराउन अन्तरिम आदेश जारीको माग पनि गरेका छन्। उनले संविधान बमोजिम कानून बनाएर मात्रै शपथ हुनुपर्ने माग गरेका छन्। संविधानको धारा ८० बमोजिम संघीय कानूनबिना कसैलाई पनि मन्त्रीको हैसियतमा शपथग्रहण नगर्न नगराउन आदेश जारी हुनुपर्ने माग न्यौपानेको भनाइ  छ।

‘संविधानको धारा ८० बमोजिम सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएको भनिएकोमा संवैधानिक प्रावधान बमोजिम धारा ८० भनिए तापनि उल्लेखित धाराअनुसार ‘संघीय कानुनबमोजिम’ हुनुपर्नेमा कुनै पनि कानुनी व्यवस्था नगरी अथवा कानूनी स्रोतको अभावमा पद तथा गोपनीयताको शपथ गराइएको हुनाले उक्त गैरसंवैधानिक शपथ बदर गरी शपथसम्बन्धी कानून निर्माण गरी सोहीबमोजिम शपथ ग्रहणका लागि यो निवेदन लिई उपस्थित भएको छु,’ न्यौपानेको रिटमा भनिएको छ।

नेपालको संविधानको धारा ८० मा प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ। यस्तै राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्रीसमक्ष आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानूनबमोजिम पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह