६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेद्वारा सर्वदलीय बैठक बहिष्कार

१४ आश्विन २०७८, बिहीबार ०६:४६

असोज १४,  काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ। प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बोलाएका छन्। बैठक केहिबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

एमालेले प्रतिनिधि सभाको बैठकलाई लगातार अवरोध गरेपछि सत्ता गठबन्धनले अवरोध हटाउन सर्वदलीय बैठक बोलाउने निचोडमा पुगेको थियो। तर, एमालेले नै बैठक बहिष्कार गरेको छ। एमाले नेताहरूका अनुसार नेकपा एकीकृत समाजवादी पार्टीको उक्त बैठकमा उपस्थितिलाई लिएर अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएपछि एमालेले बैठक बहिष्कार गरेको हो।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले पनि सर्वदलीय बैठक बोलाएर संसदको अवरोध हटाउने प्रयास गरेका थिए। तर, एमालेले उक्त बैठक पनि बहिष्कार गरेको थियो भने सभामुख सापकोटाले एमालेसँग छुट्टै वार्ता गर्नुपर्ने अडान लिएको थियो। प्रधानमन्त्री देउवाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मार्फत ओलीसँग लगातार संवाद गरिरहेका छन्।

ओलीले कार्कीसँगको पछिल्लो भेटमा अर्ली इलेक्सनमा जान देउवालाई सुझाएका थिए। राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाएको भन्दै ओली सत्ता गठबन्धनसँग आक्रोशित बनेका हुन्। देउवाले ओलीलाई संसदको अवरोध हटाउन लगातार पहल गरिरहेको भए पनि ओलीले भने मानेका छैनन्।

यता सत्ता गठबन्धन ओलीले अवरोध कायम राखे चाँडै अधिवेशन अन्त्य गर्ने तयारीमा छ। माओवादी केन्द्रको बुधवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिवेशन चाँडै अन्त्य हुने नेताहरूलाई ब्रिफिङ गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या