२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका सांसदहरुको नाराबाजी : प्रतिनिधिसभा बैठक ८ मिनेट, त्यसपछि अचानक स्थगित

२०७८, १४ आश्विन बिहीबार ०९:०६

असोज १४,काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । सभामुख अग्नि सपाकोटाले बैठकको कारबाही अगाडि बढाएपछि एमालेका सांसदहरुले नाराबाजी सुरु गर्दै बैठक अवराेध गरेका हुन्।

तर, सभामुख सापकोटाले बैठकको कार्यसूची अनुसार राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । बजेट आश्रित दुईवटा विधेयक आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको पत्र सभामुखले सुनाएका हुन् ।

त्यसपछि प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको प्रतिवेदन पेश गरे । सो प्रतिवेदन पेशपछि सभामुख सापकोटाले आगामी मंगलबारसम्मका लागि बैठक स्थगित गरे । बिहीबार एमालेको अवरोधबीच बैठक करिब ८ मिनेट चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा