२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले वरिष्ठ नेतामा शाक्य, बागमती इञ्चार्जमा बादल कायमै

२०७८, १४ आश्विन बिहीबार ११:३७

असोज १४, काठमाडौं। नेकपा (एमाले) ले बागमती प्रदेशको विवाद सल्ट्याएको छ। एमालेमा बागमती प्रदेशको इन्चार्ज को हुने भन्ने विवाद थियो। एमाले २ जेठ २०७५ मा फर्किएको अवस्थामा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य इञ्चार्ज हुनुपर्ने माधव नेपाल छोडेर एमालेमा बसेका नेताहरूको माग थियो।

अध्यक्ष ओली भने माओवादी छोडेर एमालेमा बसेका रामबहादुर थापा ‘बादल’लाई नै निरन्तरता दिन चाहन्थे। एमालेले त्यही विवादलाई बिहीबार सल्ट्याएको छ। विधान महाधिवेशनको पूर्वसन्ध्यामा थापालाई इञ्चार्जमा कायम राखेर शाक्य वरिष्ठ नेता हुने सहमति जुटेको छ। 

२०७५ जेठ २ अघि संयोजक रहेकी अष्टलक्ष्मी शाक्यलाई वरीयतामा बादल भन्दा माथि राखिएको छ। सहमतिअनुसार ४ सय ७७ सदस्यीय प्रदेश कमिटीमा ८ जना पदाधिकारी तय भएको छ। सहइञ्चार्जमा कृष्णा गोपाल श्रेष्ठ, अरुण नेपाल, शेरबहादुर तामाङ काशीनाथ अधिकारी र डोरमणि पौडललाई चयन गरिएको छ।

‘बादलकै इन्चार्जसिमा हाम्रो कमिटीले निर्णय गरेर पठाएको छ,’ प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले भने, ‘स्थायी कमिटीले थप निर्णय गर्नुपरे गर्छ। हाम्रो निर्णयचाहिँ यही हो।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा