६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभरि केपी आतङ्क बढ्याे, प्राप्त उपलब्धी गुम्ने खतरा छ : प्रचण्ड

१५ आश्विन २०७८, शुक्रबार १०:५५

असोज १५ ,  काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्षपछि प्राप्त उपलब्धी गुम्ने खतरा बढेको बताएका छन् । नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिकाले आयोजना गरेको भर्चुअल भेलालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले अहिले देशभर केपी आतङ्क रहेको भन्दै त्यसलाई परास्त गर्न आम कार्यकर्ता र नागरिक सचेत हुनुपर्ने उल्लेख गरे । प्रतिक्रियावादी शक्तिहरुले जनतालाई भ्रम सिर्जना गरेकोले सचेत हुन अपीलसमेत गरे ।

आफूले देशमा ठूलो कम्युनिष्ट शक्ति निर्माण गरी देशलाई सम्वृद्धीतर्फ लैजाने योजना अनुरुप नेकपा एमालेसँग पार्टी एकता गरे पनि गलत प्रवृति र केपी ओलीको गुटगत राजनीतिले सपना चकनाचुर भएको प्रचण्डले टिप्पणी गरे । अब फेरि जनताको घरदैलोमा माओवादी केन्द्र आफ्ना एजेण्डा र उपलब्धिसहित जानुपर्ने बताए ।

सम्वोधनका क्रममा प्रचण्डले मन्त्रिपरिषद् विस्तार केही दिन लम्बिन सक्ने संकेत समेत गरेका छन् । शुक्रबार बिहान पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ हुँदा मन्त्रिपरिषद् विस्तार लम्बिन सक्ने बताए ।

‘माधवजीसँग फोनमा कुराकानी भएको छ, उहाँ रुघाखोकीबाट ग्रसित हुनुहुन्छ,’ प्रचण्डले भने, ‘डाक्टरले केही दिन अस्पतालमा बस्नुपर्छ भनेका कारण मन्त्रिपरिषद् विस्तार केही दिन ढिला हुनसक्छ । तर अन्य साथीहरु लागेको हुनाले आजभोलिमा पनि टुंगिन सक्छ ।’

सो अवसरमा प्रचण्डले माओवादी ‘जनयुद्ध’बाट प्राप्त उपलब्धिलाई जनतामाझ पुर्‍याउनुपर्ने बताए । २०६४ सालपछि माओवादी बिग्रेको बताउँदै पहिलो कुरा नेतृत्व सच्चिँदै जाने हो भने फेरि पार्टी नयाँ तरिकाले अगाडि बढ्ने बताए ।

उनले अहिलेको ५ दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा छलफल चलिरहेको बताउँदै विचार मिल्नेसँग छलफल जारी राख्न कार्यकर्तालाई आग्रह गरे । ‘हामी केन्द्रमा एकता अथवा गठबन्धन कायम राख्ने विषयमा छलफल चलाइरहेका छौं,’ उनले भने, ‘तपाइँहरुले पनि अन्य पार्टीका साथीहरुसँग छलफल चलाएर वातावरण बनाउनुहोस् ।’ भर्चुअल भेलामा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।- लोकपाटीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या