६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसले जनताको विश्वास जित्न सकेन : गगन थापा

१६ आश्विन २०७८, शनिबार ०६:४०

असोज १६,  काठमाडौं। नेपाली काँग्रेसका नेता गगन थापाले नागरिकको बिचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक भएको बताएका छन्। काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले काँग्रेसले जनतामा आशा र भरोसा दिलाउन नसकेको बताए।

उनले काँग्रेसमा देखिएको अहिलेको यथास्थितिवादले जनताको विश्वास जित्न नसक्ने बताए। ‘आज जसरी पार्टी चलेको छ यसले काँग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन,’ उनले भने। नेता थापाले काँग्रेसभित्र सुद्धिकरण आवश्यक भएको पनि बताए। तहगत अधिवेशनले काँग्रेस सुधार गर्न भूमिका खेल्नुपर्नेमा थापाको जोड थियो।

‘काँग्रेसभित्र ठूलो सुदृढीकरण र सुधारको खाँचो छ,’ उनले भने, ‘हामीलाई खुला मञ्च, सडक तथा संसद् वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने काँग्रेस चाहिएको छ। नागरिकको टुटेको मन जोड्ने काँग्रेस चाहिएको छ।’ नेता थापाले आउँदो तीन तहको निर्वाचनबाट काँग्रेस पहिलो पार्टी बनाउनुपर्नेमा उनले जोड दिए।

सम्पूर्ण कम्युनिष्ट र मधेसवादी दलहरू मिले पनि काँग्रेस पहिलो पार्टी बन्ने गरी काम गर्न उनले आग्रह गरे। ‘यो अधिवेशन सकिएपछि हामीसँग संगठन बनाउन ६/७ महिना बाँकी रहन्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या