६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले विधान महाधिवेशनमा कसले के सुझाव दिए ?

१६ आश्विन २०७८, शनिबार ११:५६

असोज १६ ,  काठमाडौं। नेकपा (एमाले)को प्रथम विधान महाविधेशनको समूहगत छलफल सम्पन्न भएको छ। आज बिहानदेखि सुरु भएको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको हो। प्रतिवेदनमाथि १० समूहमा छलफल भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

सात प्रदेश, उपत्यका, विशेष कमिटी, सम्पर्क कमिटी र प्रवास, जनसंगठन तथा केन्द्रीय निकाय र आयोगले आ-आफ्नो समूहमा छलफल गरेका थिए। छलफलपछि टोली नेताले मूल बैठकमा सुझाव प्रस्तुत गर्ने तयारी भएको तामाङले जानकारी दिए। प्रदेश १ बाट देवराज घिमिरे, प्रदेश २ बाट ज्वालाकुमारी साह, वाग्मती प्रदेशबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट लीला गिरी, कर्णालीबाट गोरख बोगटी र सुदूरपश्चिमबाट कर्ण थापाले आ-आफ्नो समूहबाट छलफलबाट आएका सुझाव प्रस्तुत गर्दैछन्।

समूहगत छलफलमा प्रतिनिधिहरूले पार्टीमा ७० वर्षे उमेर हद लगाउने र सदस्यहरूले कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्थामध्ये एक मात्र लागू गर्ने नीति लिनुपर्ने बताएका छन्। कर्णाली प्रदेशबाट समूहगत छलफलको रिपोर्ट प्रस्तुत गर्दै गोरख बोगटीले भने, ‘प्रत्येक जिल्लाबाट एउटा केन्द्रीय सदस्य हुने व्यवस्था मिलाउनुपर्छ। ७७ वटै जिल्लाका १/१ जना केन्द्रीय सदस्य कम्तिमा हुनुपर्छ। कुनै जिल्लाबाट बढी होलान् त्यो फरक कुरा हो।’

बोगटी समूहको छलफलबाट ‘७० वर्षे वा दुई वर्षे कार्यकाल भन्ने व्यव्था राख्नुपर्छ। २ कार्यकाल भन्नुपर्‍यो कि ७० वर्षे राख्नुपर्छ। दुवै राख्दा अप्ठ्यारो हुन्छ’ भन्‍ने निष्कर्ष निकालेको हो। उक्त समूहका सदस्यहरूले संघीय मन्त्रिपरिषद्‌मा ५० प्रतिशत विज्ञ र ५० प्रतिशत जनप्रतिनिधि नियुक्त गर्ने व्यवस्थाको नीति लिनुपर्ने पनि बताएका छन्। लुम्बिनी प्रदेश समूहको छलफलाम उठेका कुरा सुनाउँदै लिलानाथ गिरीले निर्वाचन प्रणालीमा सुधार गर्ने नीति पार्टीले लिनुपर्ने, सरकार र पार्टीबीच अन्तरसम्बन्ध कस्तो हुने भन्ने नीति लिनुपर्ने, पार्टीभित्र देखिएको सांस्कृतिक विचलन बारे ध्यान दिनुपर्ने कुरा पनि आएका बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस