६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेमाथि चौतर्फी आक्रमण भयो : ओली

१७ आश्विन २०७८, आईतवार ११:४९

असोज १७, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भएको बताएका छन् । तीन दिनदेखि जारी पार्टी प्रथम विधान महाधिवेशनमा आफूले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै आइतबार अध्यक्ष ओलीले एमालेमाथि चौतर्फी आक्रमण भएका बताएका हुन् । 

एमालेको विचार र संगठनमाथि आक्रमण भएको भन्दै उनले एमाले कमिटी र सामूहिक नेतृत्व र छलफलमा विश्वास गर्ने बताए । 

विधान महाधिवेशनका बेला गरिएको प्रचार प्रसार र अध्यक्ष ओलीलाई देवत्वकरण गरिएको भन्दै टिप्पणी भएकोप्रति पनि जवाफ दिँदै अध्यक्ष ओलीले भने, ‘एमालेमाथि चौतर्फी हमला भएका छन् ।

विचार र संगठनमाथि हमला भएको छ । एमालेको महाधिवशेनमा ब्यानर र झण्डा नदेखिए के देखिन्छ त । हामी व्यक्ति पूजक होइनौँ, हामी अन्धधर्ममा विश्वास गर्दैनौँ । कमिटी र सामूहिक नेतृत्व र छलफलमा विश्वास गर्छौँ ।’

आफ्नो नेतृत्वमा सरकार बनेपछि खुइल्याउने काम भएको भन्दै उनले थप भने, ‘मेरो नेतृत्वको पहिलो सरकार बनेपछि पनि उधुम खोइरो खन्ने काम भयो । खुइल्याउने काम भयो । यस पटक संविधान जारी भएपछि बनेको पहिलो सरकारविरुद्ध पनि यो देखियो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै