२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रालय बाँडफाँडबारे सहमति, कुन दलको भागमा कति मन्त्रालय ?

२०७८, १९ आश्विन मंगलवार ०९:१३

असोज १९ , काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रालय बाँडफाँडको विषयमा सहमति जुटेको छ। मंगलबार मध्यान्ह बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले मन्त्रालय बाँडफाँट गरेको हो।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच कुन दलले कुन-कुन मन्त्रालय लिने भन्ने विषयमा सहमति जुटेको हो।

‘मन्त्रालय बाँडफाँडको विषयमा सहमति भएको छ। अब त्यहीअनुसार मन्त्रीको नाम आएपछि केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने। उनका अनुसार मंगलबारै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना भने कम छ।

‘एक चरण सहमति भएको छ। दलभित्र आन्तरिक छलफलपछि फेरि साँझ बैठक बसेर टुंग्याउने तयारी छ,’ उनले भने। सहमतिअनुसार कांग्रेसले ६ वटा मन्त्रालयको नेतृत्व गर्नेछ। अहिले कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाण, परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का र कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की छन्। कांग्रेसबाट उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा छन्। स्रोतका अनुसार अब कांग्रेसले सञ्चार र महिला बालबालिका मन्त्रालय लिनेछ।

नेकपा माओवादी केन्द्र , नेकपा एस र जसपाले ५-५ मन्त्रालयको नेतृत्व र १-१ राज्यमन्त्री पाउने सहमति बनेको छ। माओवादीबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसालले जिम्मेवारी पाइसकेका छन्। माओवादीले अब कृषि, खानेपानी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पाउनेछ। नेकपा एसले पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, युवा तथा खेलकुद र रक्षा मन्त्रालय पाउनेछ।

जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, श्रम तथा रोजगार, वन तथा वातावरण र शिक्षा मन्त्रालय पाउनेछ। माओवादी, नेकपा एस र जसपाले १-१ राज्यमन्त्री पाउने बताइन्छ । त्यसो हुँदा वर्तमान स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई मन्त्रीमा बढुवा गर्नुपर्ने वा जिम्मेवारी मुक्त गर्नुपर्ने अवस्था आउँछ।

बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका स्वकीय सचिव मोहन गौतमले बैठकमा मन्त्रालय बाँडफाँडको विषयमा प्रारम्भिक सहमति भएको र आन्तरिक छलफलपछि टुंगोमा पुर्‍याउने सहमति बनेको बताए। ‘अब दलभित्रै आन्तरिक छलफल गरिरहेका छौँ। भोलि या पर्सिसम्म टुंग्याएर मन्त्रिपरिषद् विस्तार हुनसक्छ,’ उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा