६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घटस्थापनाको साइतमा मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी

२१ आश्विन २०७८, बिहीबार ०४:४१

असोज २१, काठमाडौं। सरकार गठनको ८७ दिनपछि बिहीबार मन्त्रिमण्डलले पूर्णता पाउने भएको छ। मन्त्रालय भागवण्डा लगायतका विषयमा गठबन्धनका शीर्ष नेताहरुबीच सहमति जुटेपछि सरकारले आज पूर्णता पाउने भएको हो।

मंगलबार नै दलहरुबीच सरकार विस्तारका विषयमा सहमति जुटेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले घटस्थापनाको साइतमा मन्त्रिमण्डल विस्तार गर्ने प्रस्ताव गरेपछि आज मन्त्रीहरुको सपथ हुने भएको हो।

तर अहिलेसम्म माओवादी केन्द्रबाहेक अन्य दलहरुले मन्त्रीको नाम टुंगो लगाउन सकेका छैनन्। माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन्। यस्तै राज्यमन्त्रीका लागि मोधमाया यादवको नाम टुंगो लागेको छ।

माओवादीबाट यसअघि नै जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको रुपमा सरकारमा सहभागी छन्। यस्तै नेपाली कांग्रेसमा कसलाई मन्त्री बनाउने भन्ने विषयमा सहमति जुट्न नसकेको बताइएको छ।

सो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफूलाई तीन मन्त्रालय दिनुपर्ने अडान राखेपछि सहमति जुट्न नसकेको नेताहरु बताउँछन्। प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले पौडेल समूहलाई दुई र सिटौला समूहलाई एक मन्त्रीको नाम सिफारिस गर्न आग्रह गरेका छन्।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले सरकारमा जानेहरुको नाम टुंगो लगाईसकेको बताइएको छ। जनता समाजवादी पार्टीबाट मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेताले पाएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ