६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा एमाले नेता जोशी

२१ आश्विन २०७८, बिहीबार ०६:३९

असोज २१, काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन्। दल विभाजनको समयमा एमालेमै बसेका उनी बिहीबार एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन्।

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका उपाध्यक्ष माधव पन्तले जोशी आज औपचारिक रूपमा एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको जानकारी दिए। दल रोज्न निर्वाचन आयोगले प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरूलाई दिएको भदौ २२ को समय सीमाभित्र नै उनले एकीकृत समाजवादी रोज्ने बताएका थिए। तर, उनी एमालेमै बसे।

उनी एमालेमै बसेपछि एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज पनि तोकेको थिएन। अन्तिममा एकीकृत समाजवादीले गरिमा शाहलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाएको थियो। जोशी नेकपा रहँदा माधव नेपाल-प्रचण्ड समूहमा थिए भने एमालेभित्रको अन्तरसंघर्षको समयमा नेपाल समूहमा रहेका थिए।

पछिल्लो समय १० बुँदे सहमति कार्यान्वयन नभएको भदै उनी असन्तुष्ट थिए। नेकपा हुँदा सुदूरपश्चिम प्रदेशको सहइन्चार्ज रहेका जोशी एमाले समानान्तर कमिटीको प्रदेश अध्यक्ष पनि थिए। उनलाई नेकपा एसको सचिव बनाउने तयारी रहेको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ