६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महत नेतृत्वमा कांग्रेस टोली भारत जाँदै

२१ आश्विन २०७८, बिहीबार ०७:५७

असोज २१ , काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वको टोली आज भारत जाँदैछ। सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका महतसहितको तीन सदस्यीय टोली भारत भ्रमणमा जान लागेको हो।

भारत भ्रमणमा जान लागेको कांग्रेसको तीन सदस्यीय टोलीले आजै सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेट गर्ने तय भएको छ।भारतसँग सम्बन्ध सुदृढ गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले महत नेतृत्वको टोली पठाउन लागेको बुझिएको छ। भ्रमण टोलीमा पूर्वराज्यमन्त्री उदयशमशेर राणा र नेता अजय चौरसिया छन्।

चार दिने सद्भाव भ्रमणका क्रममा नेताहरूले भाजपाका सभापति, महासचिव तथा भारतका परराष्ट्र मन्त्रीलगायतसँग भेट्ने कार्यक्रम रहेको छ। गत महिना कांग्रेसको निमन्त्रणामा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं आएका थिए। त्यही मौकामा उनले कांग्रेसलाई भाजपाको तर्फबाट निम्ता दिएका थिए।

त्यही निम्तालाई देउवाले भाजपासँग सम्बन्ध सुधार्ने अवसरका रूपमा प्रयोग गर्न लागेका हुन्। कांग्रेस नेता सम्मिलित भ्रमण टोलीलाई दिल्ली विमानस्थलमा बीजेपी विदेश विभागका केन्द्रीय सदस्य अश्विर जोहरले स्वागत गर्ने भएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ