२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद विस्तार गर्ने तयारी

२०७८, २२ आश्विन शुक्रबार ०४:४९

असोज २२ ,काठमाडौँ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ। कांग्रेस र माओवादी केन्द्रसहित पाँच मन्त्रीको टुंगो लागिसकेको छ। आज थप मन्त्रीको नाम पनि टुंगो लागेपछि आजै दिउँसो ३ बजे शपथ ग्रहण गराउने मुख्यमन्त्री कुलप्रसाद केसीको तयारी छ।

माओवादी केन्द्रको नेतृत्वमा साउन २८ गते चार दलीय गठवन्धन सरकार बनेको थियो। दलहरुले दलभित्रै र गठवन्धनमा मन्त्रालय र मन्त्रीको भागवण्डा मिलाउन नसक्दा दुई महिनासम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय पाएको छ। त्यस्तै स्वतन्त्र सांसद अजय शाही उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री छन्।गठवन्धनका मुख्य दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रले पार्टीबाट मन्त्री बन्ने दुई–दुई जनाको नाम टुंगो लगाएका छन्।

चार वटा मन्त्रालय पाएको नेपाली कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल र रुपन्देहीका वसिउद्दिन खाँ मन्त्री बन्ने निश्चित भइसकेको पार्टीका प्रमुख सचेतक फखरुद्दिन खानले बताए। वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा खाँलाई पठाउने कांग्रेसले निर्णय गरेको छ। यसअघि दाङका डिल्लीबहादुर चौधरी कांग्रेसको तर्फबाट पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री भइसकेका छन्।

कांग्रेसले एक मन्त्री र दुई राज्यमन्त्रीको टुंगो लगाउन बाँकी छ। माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने टुंगो लागेको छ। माओवादी केन्द्रले अब एक राज्यमन्त्रीको नाम टुंगो लगाउन बाँकी रहेको पार्टीका सांसद इन्द्रजित थारुले बताए । माओवादीले दाङकी विमला खत्री वलीलाई राज्यमन्त्री बनाउने सम्भावना बढी छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा