६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिपरिषद् विस्तार हुँदै : नवनियुक्त मन्त्रीहरुले ४ बजे शपथ लिने

२२ आश्विन २०७८, शुक्रबार ०५:४४

असोज २२ , काठमाडौं | मन्त्री परिषदले आज शुक्रबार पूर्णता पाउने भएको छ। शेरबहादुर देउवा प्रधानमन्त्री बनेको करिब ३ महिनापछि आज मन्त्रिपरिषद्ले पूणर्ता पाउन लागेको हो।

लामो समय देखि मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन नसकेका सत्ता गठबन्धनले अन्ततः बिहीबार (हिजो)मन्त्रालय भागबन्डामा सहमति जुटेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन्।

नवनियुक्त मन्त्रीहरुले आज अपराह्न ४ बजे राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिने छन्। आज बिहान ११ बजे मन्त्रीपरिषद बिस्तार हुने बालुवाटार स्रोतले जानकारी दिएको छ।

कसले कति मन्त्रालय पाउने ?

कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले ४/४ मन्त्रालय पाएका छन्।

साथै माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एकरएक जना राज्यमन्त्री पनि पाएका छन्। गठबन्धनका पाँच दलमध्ये राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नभई बाहिरबाटै सहयोग गर्ने भएको हो।

मन्त्री बन्नेहरुको नामावली यस्तो छ:

नेकपा (एकीकृत समाजवादी) बाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रेम आले , स्वास्थ्य तथा जनसंख्यामा रामकुमारी झाँक्री , सहरी विकास मन्त्रालयमा विरोध खतिवडा र श्रम मन्त्रालयमा भने किसान श्रेष्ठ मन्त्री बन्ने छन्।

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्दै छन् भने बोधमाया यादव राज्यमन्त्री बन्ने भएकी छिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता