६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

देश परिवर्तनको लागि पत्रकारीता आवश्यक रहेको मुख्यमन्त्री केसी दाबी

२२ आश्विन २०७८, शुक्रबार ०९:१९

असोज २२ , काठमाडौँ। देश परिवर्तनको लागि पत्रकारिता अपरिहार्य रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताएका छन्। शुक्रबार भैरहवामा लुम्बिनी प्रेस क्लबको पर्यटन पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दे मुख्यमन्त्री केसीले पत्रकारहरुले राजनीतिकर्मीहरुलाई लेख रचना तथा समाचारका माध्यमबाट घचघच्याइरहे पर्यटन विकासमा छिटो फड्को मार्ने भन्दै पर्यटन क्षेत्रमा अब्बल लेख रचना र समाचार सम्प्रेषण गरि पर्यटन विकासमा टेवा पुग्ने बताएका हुन्।

रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले पर्यटन नगरिमा रहेर पर्यटन प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्न सहयोग गरेको बताउँदै नेपाल सरकारले पनि पर्यटन विकासका सम्भावित ठाउँलाई पहिचान गरि पर्वद्धन गरेमा विकासले फड्को मार्ने बताए। पत्रकारीता पेशा बाहिर देखे जस्तो सहज नभएकोले विविध कठिनाइका वावजुद समाना गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिए।

पत्रकारले कलम चलाएकै भरमा देश तथा नगरको मुहार फेर्न सक्ने भन्दै समाचारमा समस्या मात्रै उठाने गर्ने मात्रै नभएर समाधान गर्ने विकल्प समेत दिएमा काम गर्ने निकायलाई सहज हुने सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख हरिप्रसाद अधिकारीले बताए।

सिद्धार्थनगरले पर्यटन पर्वद्धनको लागि २०५४ सालदेखि पत्रकारीता पुरस्कार स्थापना गरेर वितरण गरेको बताउँदै सिद्धार्थनगर पर्यटकीय नगर भएकोले प्रदेश सरकार र संघीय सरकारले विकासकोलागि प्राथमिकता दिनु पर्ने बताए।

पत्रकारकारीता सम्वेदनसिल पेसा रहेको र स्थानीय सरकार, प्रदेश र संघीय सरकारले पत्रकारलाई राहत र सहयोग हुने कार्यक्रम नल्याएको गुनासो नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता