असोज २२, काठमाडौं। नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत एकीकरण भएको भएको छ। नेपाल र राईले संयुक्त वक्तव्य जारी गर्दै दुबै पार्टी एकीकरण भएको जानकारी दिएका हुन्।
असोज ६ गते नै दुई पार्टीबीच सहमति भएपनि सम्झौतापत्र आजमात्रै सार्वजनिक गरिएको हो। ८ बुँदे सहमतिअनुसार अब एकीकृत पार्टीको चुनाव चिन्ह कलम रहने भएको छ। राईले तत्कालीन नेकपामा विवाद चर्किएपछि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका थिए।
राई सुरुदेखि नै माधव नेपाल निकट मानिन्थे। कतिपयले नेपालकै सल्लाहमा राईले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेको टिप्पणी गर्दै आएका थिए।