५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

दलहरु चुनाव चिन्ह बोकेर गाउँ-गाउँमा, लोसपा र एमालेको आक्रामक अभियान

२३ आश्विन २०७८, शनिबार ११:४१

असोज २३, काठमाडौँ,बिशाल बस्नेत | चुनाव नजिकिएसँगै महोत्तरीमा चुनावी सरगर्मी बढ्न थालेको छ । राजपाबाट टुक्रिएर महन्थ ठाकुरको नेतृत्वमा बनेको लोसपाले महोत्तरीको विभिन्न ठाउँमा प्रचारप्रसारको नै सुरुवात गरेको छ ।

अहिले लोसपाले साइकल चिन्ह बोकेर महोत्तरीको विभिन्न पालिकाका टोल-टोलमा पुगिरहेको लोसपाका नेता ज्ञानेन्द्र झाले बताए । 'चिन्ह पनि नयाँ र पार्टी पनि नयाँ भएको हुनाले जनतालाई जागरुक बनाउन अन्य पाटीले भन्दा हामीले धेरै मेहनत गर्नुपर्ने हुन्छ,' उनले भने ।

चुनावी चिन्हको रुपमा साइकललाई पहिचान बनाउन लोसपाले टोल-टोलमा ब्यानर र झण्डा झुण्ड्याएको छ भने लोसपा समर्थित व्यापारीका पसल तथा निजी घरहरुमासमेत साइकल चिन्ह अङ्कित बाक्लै झण्डाहरु देखिन्छ । अन्य पार्टीको तुलनामा मुल पार्टीबाट दुई टुक्रा बनेका पार्टीहरुले अहिले प्रचारप्रसारलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

लोसपाजस्तै नेकपा एमालेबाट फुटेको नेकपा एसको पनि आफ्नै  प्रचारप्रसार छ । नेकपा एमालेले देखिनेगरी पाटीका गतिविधि सञ्चालन गरे पनि नेकपा एसले भने गाउँ-गाउँमा पुगेर चुनाव चिन्ह र संगठन विस्तारलाई तीव्र बनाइरहेको छ । यसै पनि प्रदेश-२ मा लोसपाभन्दा जसपा बलियो र नेकपा एमालेभन्दा नेकपा एस बलियो देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता