५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुर्खेत क्षेत्र नम्बर १ मा डाँगीको प्यानल नै विजयी, कांग्रेस महामन्त्री खड्का प्रतिनिधि चयन

८ मंसिर २०७८, बुधबार ०८:१३

मंसिर ८, सुर्खेत | सुर्खेत क्षेत्र नम्बर १ मा झकबहादुर डाँगीको प्यानल विजयी भएको छ । संस्थापन पक्षका डाँगीले सात सय १९ मत ल्याई सभापतिमा विजयी भए । उनका प्रतिद्वन्द्वी बलबहादुर वलीले एक सय तीन मत प्राप्त गरे ।

नाै सय १७ क्षेत्रीय प्रतिनिधिहरूमध्ये मंगलबार भएको निर्वाचनमा आठ सय ७४ मत खसेको थियो ।

क्षेत्रीय सचिवमा मोहन रानाले सात सय २० र पदमबहादुर खत्रीले सात सय १७ मत प्राप्त गरेका छन् । सहसचिवमा प्रेमसिंह ठकुरीले ६ सय ८४ र यामलाल पंगालीले ६ सय ८७ मत प्राप्त गरी विजय हासिल गरेका छन् ।

साथै, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए । उनी सात सय ३६ मत प्राप्त गरी विजय भएका छन् । कांग्रेस केन्द्रीय समितिमा रहेका पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने विधानतः व्यवस्था भए पनि महामन्त्री खड्काले आफ्ना क्षेत्रका प्रतिनिधिद्वारा अनुमोदित भएर जाने भन्दै उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता