२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस महाधिवेशन : प्रारम्भिक परिणाममा देउवा पक्षले लियाे अग्रता

२०७८, ८ मंसिर बुधबार ०९:२२

 मंसिर ८, काठमाडौं | नेपाली कांग्रेसको १४ औं महाधिवेशन छिन्नभिन्न अवस्थामा रहेको रामचन्द्र पौडेल गुटका लागि निकै खराब हुने देखिएको छ । प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिमा सभापति शेरबहादुर देउवा निकै अगाडि देखिएपछि पौडेल पक्ष कमजाेर देखिएकाे छ ।हालसम्म ७ प्रदेश मध्ये प्रदेश २ बाहेकका ६ वटा प्रदेशका प्रारम्भिक परिणाम आइरहेका छन् । जसमध्ये सुर्खेत, डोल्पा, म्याग्दी लगायतका जिल्लामा पौडेल पक्ष शून्य भएको छ भने सुदुरपश्चिमसहितका प्रदेशमा देउवा पक्ष निकै बलियो देखिएको छ । पौडेलको गृह जिल्लामै देउवा समर्थित प्रतिनिधिहरुको संख्या बढेको छ । पौडेलले जित निश्चित भएको भनिएको जुम्लामै देउवा समर्थित नेता सभापतिमा विजयी भएका छन् ।

सुर्खेतमा पौडेल पक्षले लज्जाजनक हार ब्यहोरेको छ । पौडेल निकट पूर्व मन्त्री शिवराज जोशी र पूर्व राज्यमन्त्री खड्गबहादुर बस्याल महाधिवेशन प्रतिनिधिमा नराम्ररी हारेका छन् । सुर्खेतका दुबै निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा देउवा पक्षले प्यानलै जितेको छ । उसो त पौडेलको दाहिने हात मानिएका हृदयराम थानीले कर्णाली पौडेल पक्षको भोट बैंक भन्ने गरे पनि परिणाम त्यस्तो नआएको बताएको छ ।

लुम्विनी प्रदेशमा पनि ५५ प्रतिशतको हाराहारीमा महाधिवेशन प्रतिनिधि जितेको दावी गरेको छ । लुम्बिनी प्रदेशका रुकुम पूर्व, रोल्पा, दाङ, प्यूठान, रुपन्देही, पाल्पा, अर्घाखाँची, कपिलवस्तु र नवलपरासी पश्चिममा देउवा पक्षले महाधिवेशन प्रतिनिधिमा बाजी मारेको छ ।

गण्डकी प्रदेशमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशाकं कोइरालाको गठबन्धनबीच नवलपुर, गोरखा, लमजुङ, मुस्ताङ, तनहुँ , लमजुङ र कास्कीमा देउवा पक्ष निकै बलियो बनेर आएको छ । पौडेलकै प्रदेश गण्डकीको म्याग्दीलगायतका जिल्लामा पौडेल पक्ष शून्यमा झरेको छ ।

बागमती प्रदेशका अधिकांश जिल्लामा देउवा पक्ष नै बलियो देखिएको छ । काठमाडौं, चितवन, धादिङ लगायतका जिल्लामा महाधिवेशन प्रतिनिधिमा देउवा निकटले जीत निकालेका छन् । मकवानपुर र ललितपुरमा त देउवा पक्षले कब्जा नै जमाएको छ ।

प्रदेश २ मा क्षेत्रीय अधिवेशन सुरु नभए पनि देउवा पक्ष निकै बलियो रहेको विश्लेषण गर्न थालिएको छ । सभापति उम्मेदवार बन्छु भनिरहेका विमलेन्द्र निधिले रामचन्द्र पौडेलसँग गठबन्धन बनाउन खोजे पनि त्यो सम्भव नभएपछि प्रदेश २ मा देउवा पक्ष नै बलियो हुने देखिएको छ । प्रदेश १ मा डा.शेखर कोइरालालाई चक्मा दिने गरी देउवा पक्ष हावी भएको छ । देउवापछि कोइराला र कृष्णप्रसाद सिटौलाको मत बराबरी अवस्थामा देखिएको छ ।

देउवाको सचिवालयले तयार पारेको विवरणमा अहिलेसम्मको नजिता हेर्दा देउवाले पहिलो चरणमै ५१ प्रतिशत भन्दा बढी मत ल्याएर सभापति जित्ने उल्लेख छ । सचिवालयका एक सदस्यका अनुसार यस पटक देउवा पक्षका ५५ प्रतिशत महाधिवेशन प्रतिनिधि आउने विश्लेषण गरिएको छ ।

अन्य पक्ष जोडिंदा पनि ४५ प्रतिशतमा खम्चिने र उनीहरु छिन्नभिन्न भइरहँदा महाधिवेशन प्रतिनिधिमा निरासा आई देउवाको पक्षमा ६० प्रतिशत जुट्ने ठानिएको छ । ‘रामचन्द्र पौडेल, डा.शशांक कोइराला, प्रकाशमान सिंह र डा.शेखर कोइरालाबीच एकता भए पनि त्यो पक्षको ४५ प्रतिशत मत नपुग्ने हाम्रो विश्लेषण छ’ उनले भने– केन्द्रमा देउवाको टिमै सुरक्षित देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ