२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा ओली

२०७८, ८ मंसिर बुधबार ११:१५

मंसिर ८, काठमाडौँ | प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा वीरेन्द्र ओली सर्वसम्मतिले निर्वाचित भएका छन्। आज भएको प्रतिष्ठान प्रदेशको तेस्रो अधिवेशनले ओलीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको हाे।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रघुनाथ बजगाईँ, खुल्ला उपाध्यक्षमा शम्भु दंगाल, समावेशी उपाध्यक्षमा छत्रबहादुर श्रेष्ठ, प्रमुख सचिवमा तुलसी सापकोटा, कोषाध्यक्षमा रामचन्द्र बस्नेत र सचिवमा विमल खड्का, विजय फुयाँल, अशोक घिमिरे, विवेक लोप्चान, पार्वती खड्का, विजय यादव र लक्ष्मण दर्नाललाई चयन गरेको छ ।

अधिवेशनको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मैनबत्ती बालेर गरेका थिए। साथै अधिवेशनको उद्घाटन गर्दै मन्त्री पौडेलले पत्रकारहरूले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको पक्षमा कलम चलाउँदै सत्यतथ्य समाचार सम्प्रेषण गर्दै जनतालाई सुसूचित गराउनुपर्ने बताए।

कार्यक्रममा प्रेस सेन्टर नेपालका निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा वर्तमान कार्यालय सदस्य बलराम थापा, कार्यालय सदस्य सचिन रोका र विदुर खड्काको उपस्थिति रहेको थियो । त्यस्तै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण अधिकारी, प्रेस सेन्टरका नेता मनोज घर्तिमगर, बुद्ध लोप्चान, नेपाल पत्रकार महासङ्घ काठमाडौँ र ललितपुर शाखाका अध्यक्षद्वय सूर्य सुवेदी र सागर न्यौपानेलगायत थुप्रै नेताहरूको उपस्थिति रहेको थियो ।प्रेस सेन्टर नेपालको १ नं. प्रदेश, २ नं. प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, उपत्यका प्रदेश, एशोसिएट्स प्रदेश र प्रतिष्ठान प्रदेश गरी १० वटा प्रदेश कमिटीहरू रहेका छन् । प्रतिष्ठान प्रदेश अन्तर्गत रेडियो नेपाल शाखा, नेपाल टेलिभिजन शाखा, रासस शाखा, गोरखापत्र शाखा, अनलाइन शाखा, रेडियो शाखा र टेलिभिजन शाखा गरी ७ वटा शाखाहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा