२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रुपन्देही ३ मा देउवा पक्षीय प्यानल विजयी, सभापतिका उम्मेदवारले चार भोट मात्र पाए

२०७८, ९ मंसिर बिहीबार ०४:४२

 मंसिर ९, भैरहवा | नेपाली कांग्रेस रूपन्देही ३ को क्षेत्रीय सभापतिमा सुशील गुरुङ निर्वाचित भएका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका गुरुङ ३ सय ७७ मत ल्याएर सभापति बनेका हुन् ।

उनका प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मातृका यादवले २ सय ४२ मत मात्र पाए । सभापतिका अर्का उम्मेदवार महेन्द्रप्रसाद यादवले ४ मत मात्र पाए । 

सभापतिमा गुरुङसँगै उनको प्यानल नै विजयी भएको छ ।

सचिवमा चार जनाको उम्मेदवारी थियो । जसमा गुरुङ प्यानलकै भवानीप्रसाद शर्मा ३ सय ६७ मत र लेखनाथ भट्टराई ३ सय ६२ मत ल्याएर विजयी भएका छन् । 

यादव प्यानलका शैलेसकुमार पन्तले २ सय १८ र टंक प्रसाद पाण्डेले २ सय २७ मत प्राप्त गरेर पराजित भएको प्रमुख निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए ।

सहसचिवमा कुलप्रसाद न्यौपाने ३ सय ७२ र प्रेमसागर थारू ३ सय ८२ मत ल्याएर विजयी भएका छन् । ‘क’ र ‘ख’ तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि गुरुङ प्यानल विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा