२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले महाधिवेशन : एसपीको कमाण्डमा नेपाल प्रहरी, एम्बुलेन्सलगायतका अत्यावश्यक गाडी चल्न पाउने

२०७८, ९ मंसिर बिहीबार ०५:३६

मंसिर ९, चितवन , न्युज कारखाना | नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदै छ । महाधिवेशन लक्षित पूर्वाधार निर्माण र प्रचारप्रसारसँगै सुरक्षा व्यवस्थालाई चुस्त पारिएको छ ।

महाधिवेशन उद्घाटनका दिन लाखौँ जनता सहभागी हुने भएकाले सुरक्षा र ट्राफिक व्यवस्थापनमा कठिनाई हुने देखिन्छ । महाधिवेशनमा सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीको कमाण्डमा प्रहरी खटिँदै छन् ।

महाधिवेशन उद्घाटनस्थल देखि बन्दसत्र हुने सौराहासम्म गरि एक हजार ४५५ भन्दाबढी सुरक्षाकर्मी खटाइने चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । नेपाल प्रहरी ८२१, शसस्त्र प्रहरी ४४९, ट्राफिक प्रहरी १८५ जना र अनुसन्धान विभागका कर्मचारीहरु खटिने उनले बताए । जिल्लाका सुरक्षाकर्मी अपुग हुने देखिएपछि बागमती प्रदेशबाट करिब सात सय सुरक्षाकर्मी थप गरिएको हो । 

महाधिवेशन उद्घाटनका दिन भरतपुर र नारायणगढ क्षेत्रको मुख्य सडकमा सवारी साधन चल्न पाउँदैनन् । महाधिवेशनमा सहभागी हुनेहरु समेत पैदल हिँडेर महाधिवेशन स्थलसम्म पुग्ने भएकाले ट्राफिक व्यवस्थापनमा कठिनाई हुने देखेर ‘नो भेइकल जोन’ बनाइएको उनले बताए । एम्बुलेन्स, दमकललगायतका अत्यावश्यक सवारी साधनलाई भने व्यवस्थापन गरिने उनको भनाइ छ ।

‘हामीले अत्यावश्यक सवारी साधन चल्ने भनेकै छौँ । एम्बुलेन्स हुन्छ, दमकल हुन्छ । विभागका गाडी, आकस्मिक रुपमा विदेश जानुपर्ने भएका मान्छेहरु हुन सक्छन् । मृत्यु संस्कारका मान्छेहरु हुन सक्छन् । ब्रतबन्धसँग सम्बन्धि जस्ता अत्यावश्यक सवारी साधनहरु चाँहि नारायणी पुल क्लियर गरेर पुलचोकबाट शिवघाटतर्फ जानेबाटोमा डाइभर्सनगरेर पूर्व र काठमाडौँ जान मिल्ने बनाउछौँ’, उनले भने ।

पश्चिमबाट आउने त्यस्ता गाडी र पूर्वबाट आउने विरामी बोकेका एम्बुलेन्सलगायतका अत्यावश्यक गाडीलाई बाइपास सडक हुँदै काठमाडौँ, पोखरातर्फ जाने मिल्ने बनाइएको उनले जानकारी दिए । मुख्य राजमार्गमा एम्बुलेन्ससमेत चल्न नदिने भएको भनि समाचार आएपछि जिल्ला सुरक्षा समिति र एमालेको आलोचना भएको थियो ।

पूर्वबाट आएका गाडीलाई केन्द्रिय बसपार्क भरतपुरमा पार्किङ गरिने छ । त्यहाँ नआएका सवारी साधनलाई बसपार्कबाट गोन्द्राङतर्फ जाने पूर्व–पश्चिम राजमार्गको एकतर्फिमा पार्किङ गर्ने योजना छ । मुग्लिनतर्फबाट आएका गाडीलाई आँपटारीमा र पश्चिमबाट आएका गाडीलाई गैंडाकोटतर्फ नै पार्किङ गरिने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन