५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा अध्यक्षत्रयविरुद्ध लिङ्देन र राणाको टक्कर

९ मंसिर २०७८, बिहीबार ०७:४४

मंसिर  ९, काठमाडौं | न्युज कारखाना | राप्रपा अध्यक्षत्रय कलम थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीविरुद्ध राजेन्द्र लिङ्देन र धवलशमशेर राणा समूहले टक्कर दिएको छ । 

पार्टीको महाधिवेशन आउन एक साता बाँकी रहेका बेला बिहीबार अध्यक्षत्रय थापा, राणा र लोहनीले पार्टीलाई बन्धक बनाएको आरोप लगाउँदै लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । 

धवलशमशेर राणाको समर्थनमा लिङ्देनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।  अध्यक्षत्रय थापा, जबरा र लोहनीले पार्टीलाई बन्धक बनाएको लिङ्देनको आरोप छ । उनले पार्टीभित्र देखिएका पार्टीको परम्परागत गुट अन्त्य गर्ने दाबी गरे । 

धवलशमशेर राणाको उम्मेदवारी घोषणा भने अहिलेका लागि रोकिएको छ । ‘आजलाई धवलशमेशरको उम्मेदवारी रोकिएको छ’, राप्रपाका युवा नेता तथा अधिवक्ता सुजित केसीले भने, ‘कुन पदमा निर्वाचन गराउने, कुनमा मनोनीत गराउने भन्ने विषयलाई विधानले टुंगो लागिसकेपछि उहाँको उपाध्यक्ष वा महामन्त्रीमा उम्मेदवारी घोषणा हुन्छ ।’ 

बिहीबार धवलशमशेरको उम्मेदवारी घोषणा गर्ने बताइएको थियो । तर, विधानमा देखिएको अस्पष्टताका कारण रोकिएको हो । लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने क्रममा धवलले पार्टीको जिम्मेवारी नयाँ अनुहारलाई दिन नसके अस्तित्व संकटमा पर्ने बताए । सोही कारण नेता लिङ्देनलाई अध्यक्षको रूपमा अघि सारेको उनको भनाइ छ । 

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका लिङ्देन प्रदेशमा बलियो देखिएका छन् । सात प्रदेशमध्ये तीनमा लिङ्देन समूहबाट अध्यक्षमा निर्वाचित भएका छन् भने दुईवटा प्रदेशमा कमल थापा र एक प्रदेशमा पशुपतिशमशेर राणा पक्षधर अध्यक्षमा निर्वाचित हुँदा र लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदय कुन समूहका हुन् भन्ने खुलिसकेको छैन । यद्यपि, उनले लिङ्देनलाई समर्थन गर्न सक्ने राप्रपाका एक नेताले बताए । 

लिङ्देन पक्षधरले प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् । प्रदेश १ र बाग्मती प्रदेशमा कमल थापा समूहबाट अध्यक्षमा निर्वाचित हुँदा कर्णाली प्रदेशमा पशुपति पक्षधर अध्यक्षमा निर्वाचित भएका हुन् । 

पछिल्लो समय थापा, जबरा र लोहनीप्रति असन्तुष्ट युवा समूहले लिङ्देनलाई समर्थन जनाएका छन् ।  राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता