२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा अध्यक्षत्रयविरुद्ध लिङ्देन र राणाको टक्कर

२०७८, ९ मंसिर बिहीबार ०७:४४

मंसिर  ९, काठमाडौं | न्युज कारखाना | राप्रपा अध्यक्षत्रय कलम थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीविरुद्ध राजेन्द्र लिङ्देन र धवलशमशेर राणा समूहले टक्कर दिएको छ । 

पार्टीको महाधिवेशन आउन एक साता बाँकी रहेका बेला बिहीबार अध्यक्षत्रय थापा, राणा र लोहनीले पार्टीलाई बन्धक बनाएको आरोप लगाउँदै लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । 

धवलशमशेर राणाको समर्थनमा लिङ्देनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।  अध्यक्षत्रय थापा, जबरा र लोहनीले पार्टीलाई बन्धक बनाएको लिङ्देनको आरोप छ । उनले पार्टीभित्र देखिएका पार्टीको परम्परागत गुट अन्त्य गर्ने दाबी गरे । 

धवलशमशेर राणाको उम्मेदवारी घोषणा भने अहिलेका लागि रोकिएको छ । ‘आजलाई धवलशमेशरको उम्मेदवारी रोकिएको छ’, राप्रपाका युवा नेता तथा अधिवक्ता सुजित केसीले भने, ‘कुन पदमा निर्वाचन गराउने, कुनमा मनोनीत गराउने भन्ने विषयलाई विधानले टुंगो लागिसकेपछि उहाँको उपाध्यक्ष वा महामन्त्रीमा उम्मेदवारी घोषणा हुन्छ ।’ 

बिहीबार धवलशमशेरको उम्मेदवारी घोषणा गर्ने बताइएको थियो । तर, विधानमा देखिएको अस्पष्टताका कारण रोकिएको हो । लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने क्रममा धवलले पार्टीको जिम्मेवारी नयाँ अनुहारलाई दिन नसके अस्तित्व संकटमा पर्ने बताए । सोही कारण नेता लिङ्देनलाई अध्यक्षको रूपमा अघि सारेको उनको भनाइ छ । 

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका लिङ्देन प्रदेशमा बलियो देखिएका छन् । सात प्रदेशमध्ये तीनमा लिङ्देन समूहबाट अध्यक्षमा निर्वाचित भएका छन् भने दुईवटा प्रदेशमा कमल थापा र एक प्रदेशमा पशुपतिशमशेर राणा पक्षधर अध्यक्षमा निर्वाचित हुँदा र लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदय कुन समूहका हुन् भन्ने खुलिसकेको छैन । यद्यपि, उनले लिङ्देनलाई समर्थन गर्न सक्ने राप्रपाका एक नेताले बताए । 

लिङ्देन पक्षधरले प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् । प्रदेश १ र बाग्मती प्रदेशमा कमल थापा समूहबाट अध्यक्षमा निर्वाचित हुँदा कर्णाली प्रदेशमा पशुपति पक्षधर अध्यक्षमा निर्वाचित भएका हुन् । 

पछिल्लो समय थापा, जबरा र लोहनीप्रति असन्तुष्ट युवा समूहले लिङ्देनलाई समर्थन जनाएका छन् ।  राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन