५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले महाधिवेशन : बाग्मतीबाट मात्रै साढे दुई लाख कार्यकर्ता चितवन उत्रँदै

९ मंसिर २०७८, बिहीबार ०८:०९

मंसिर ९, मकवानपुर, शिव चौलागाईं | १० मंसिरबाट चितवनमा हुन लागेको नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा बाग्मती प्रदेशका करिब दुई लाख ५० हजार जना सहभागी हुने भएका छन् ।

महाधिवेशनस्थलमा काठमाडौं उपत्यकाबाट ५५ हजार, काठमाडौं विशेषबाट ५० हजार, काभ्रेबाट १५ हजार, चितवनबाट ७५ हजार, मकवानपुरबाट ३५ हजार, नुवाकोटबाट आठ हजार, सिन्धुपाल्चोबाट आठ हजार, धादिङबाट १५ हजार, दोलखाबाट दुई हजार, रामेछापबाट दुई हजार, सिन्धुलीबाट १५ हजार र रसुवाबाट पाँच सय जनाको सहभागिता रहने एमाले बाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोख्रेलले जानकारी दिए । 

महाधिवेशनमा देशभरबाट पाँच लाख उतार्ने तयारी रहेकोमा करिब आधा मानिस बागमती प्रदेशबाटै सहभागी हुने अध्यक्ष पोख्रेलले बताए । ‘बाग्मती प्रदेशका विभिन्न जिल्ला, काठमाडौं उपत्यकालगायतबाट साढे दुई लाखदेखि तीन जनासम्मको महाधिवेशन उद्घाटन समारोहमा सहभागिता रहनेछ ।’ अध्यक्ष पोख्रेलले भने, ‘देशभरबाट हुने सहभागीमध्ये बाग्मती प्रदेशबाट आधा मानिस आउँनेछन् ।' 

देशभरबाट दुई हजार नाै सय ९७ जना महाधिवेशन प्रतिनिधि चयन भएकोमा बाग्मती प्रदेशका तीन सय ३२ जना रहका छन् । यसमा मजदुर संगठनबाट पाँच जना, जिफन्टबाट ९६ जना, विद्यार्थीबाट पाँच जना, युवा संघबाट आठ जना, उपत्यका विशेषबाट पाँच जना, बाग्मती सम्पर्क मञ्चबाट ६ जना समेत रहनेछन् । 

महाधिवेशन कारण सार्वजनिक सवारीसाधन अभाव 

चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा जानेहरूलाई ओसार्ना सार्वजनिक सवारीसाधन प्रयाेग भएपछि सर्वसाधारणले सवारीसाधनकाे अभाव महशुत गर्न थालेका छन् । देशभर जम्मा चार हजार बस, सुमोलगायतका सार्वजनिक सवारीसाधन रहेकाेमा ६ हजारभन्दा बढी सवारीसाधन चितवान पुग्ने अनुमान गरिएकाे छ । यसमा करिब दुई हजार वटा निजी सवारीसाधन हुने छन् । प्राय: सवारीसाधन महाधिवेशनका लागि एमालेले बुक गरेकाले अभाव भएको यातायात व्यवसायीहरूको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता