५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखराका जगन्नाथ बास्तोलाद्वारा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

१० मंसिर २०७८, शुक्रबार ०५:००

मंसिर १०,  चितवन। एमाले नेता जगन्नाथ बास्तोलाले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। नेकपा एमालेको चितवनमा हुने १०औँ महाधिवेशनमा पोखराका बास्तोलाले गण्डकी प्रदेशको भूगोलबाट खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्। बास्तोलाले बिहीबार सौराहामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो घोषणा गरेका हुन्।

माछापुच्छ्रे गाउँपालिकाको निवर्तमान गाउँ कमिटी अध्यक्ष एवं नेकपा एमाले कास्कीका जिल्ला सचिवालय सदस्य समेत रहेका बास्तोला विगत २५ वर्षदेखि जिल्ला कमिटीमा रही काम गर्दै आएका छन्। वि.स. २०२३ सालमा कास्कीको ल्वाङघलेल–१ मा जन्मिएका बास्तोलाले २०३७ सालदेखि स्कुले जीवन र कलेजको विद्यार्थीकालमा अनेरास्ववियुको विभिन्न जिम्मेवारीमा रही काम गर्दै आएका थिए।

बास्तोलाले विभिन्न निर्वाचनहरूमा नेकपा एमाले पार्टी र एमालेका उम्मेदवारहरूलाई विजयी गराउन महत्वपूर्ण जिम्मेवारीमा रही काम समेत गरेका थिए। निर्वाचनका क्रममा माछापुच्छ्रे गाउँपालिकाको संयोजक रही आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न भएको थियो। वि.सं. २०५४ सालमा तत्कालिन ल्वाङघलेल गाविसको पार्टी उपाध्यक्ष समेत रहेका बास्तोलाले २०४८ र २०५१ सालको निर्वाचनमा पनि पार्टीका उम्मेदवारहरूलाई जिताउन खटिएका थिए।

सो निर्वाचनमा नेपाली कांग्रेसका कार्यकर्ताहरूसँगको झडपमा उनी घाइते समेत भएक थिए। देशमा राजाको कु पछि २०५८–५९ मा उनलाई नेपाली सेनाले पोखराको पृथ्वी चोकबाट पक्राउ गरी यातना समेत दिएको थियो। सख्त घाइते भएका बास्तोलाको तत्कालिन समयमा पोखराकै मेट्रोसिटी अस्पतालमा लामो समयको उपचारपछि घर फर्किएका थिए। विद्यार्थी जीवनदेखि पार्टीको विभिन्न जिम्मेवारीमा रही काम गरेको बताउँदै बास्तोलाले आफूलाई गण्डकी प्रदेशको भूगोलबाट खुल्ला केन्द्रीय सदस्यमा विजयी गराउन सबैसँग आग्रह समेत गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता