२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्र समाजवादी र जनसमाजवादी मञ्चबीच कार्यगत एकता घोषणा

२०७८, १० मंसिर शुक्रबार ११:४३

मंसिर १०, काठमाडौं | कर्णजित बुढाथोकी नेतृत्वको माओवादी केन्द्र समाजवादी र जनसमाजवादी मञ्च नेपालबीच कार्यगत एकता भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीले एमसीसीविरुद्ध र देशका समसामयिक विषयहरु राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा संगै अगाडि बढ्ने गरि कार्यगत एकता गर्ने घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले वर्तमान समयमा एमसीसी आवश्यक नभएको बताए । उनले भने, ‘अहिले यो देशमा एमसीसीको आवश्यकत्ता छैन। अब सबैजना बृद्धिजिवी, वामपन्थी, देशभक्त एकैठाउँमा आएर देशलाई पार लगाउनुपर्छ । देश रह्यो भने मात्र तपाईँहरुले यो देशमा राजनीति गर्न पाउनुहुन्छ, नत्र भने अफगानिस्तानमा अमेरिकी सेनाले आंतक मच्चाएको झैं नेपालमा पनि आतंक मच्चिन्छ । त्यसकारण सबै सचेत नागरिक, आम दाजुभाई दिदिबहिनीहरुलाई एक हुन आग्रह गर्दछु ।’ देशभक्तवादी दुई पार्टीबीच एमसीसीको विरुद्ध र देशका समयसामयिक विषयको लागि कार्यगत एकता गरिएको उनले स्मरण गराए ।

त्यस्तै, जनसमाजवादी मञ्चका संयोजक कृष्णप्रसाद धमला ‘गम्भिर’ले त्याग, तपस्या र १७ हजारको बलिदानबाट नेपालमा परिवर्तन सम्भव भएको र नेपालको राजनीति यहाँसम्म आईपुेको स्मरण गराए । उनले यहाँसम्म आइपुग्दा पनि नेपालीको समस्या जस्ताकोतस्तै रहेको बताए । अहिलेको व्यवस्थाले जनतामा कुनै पनि परिवर्तन हुन नसकेको उनको भनाई थियो ।

सामन्त दलाल, भ्रष्टाचारी, तस्करहरुलाई मात्र परिर्वतनको महसुस भएकाे उनले आरोप लगाए । ‘दलालहरुसँग उनीहरुको साँठगाँठ भईरहेको छ, पैसा कुम्लाएका छन्, आउँदो चुनावको निम्ति नेताहरुले पैसा जम्मा गरिराखेका छन् ।’ उनले अघि भने, ‘जनतामा आधारभुत तहमा कुनै पनि परिर्वतन भएको छैन र संसदीय व्यवस्था असफल भएको छ । देशलाई कर्पोरेटहरुले संचालन गरिरहेका छन् ।’

कार्यक्रम संचालन गर्दै माओवादी केन्द्र समाजवादीका उपाध्यक्ष रंगनाथ ढकालले राष्ट्रवादीहरुको बीचमा कार्यगत घोषणा गर्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट