२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

कांग्रेस अधिवेशन: महोत्तरीमा विवादित वडा, नगर र क्षेत्रमा आज मतदान हुँदै

२०७८, ११ मंसिर शनिबार ०४:४४

मंसिर ११, महोत्तरी, न्युजकारखाना | नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सर्वसम्मतिमा टुंगिन नसकेपछि क्षेत्र नम्बर १ मा निर्वाचन  हुने भएको छ । आकांक्षी उम्मेदवारहरूबीच विवाद सिर्जना भएपछि महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ र ३ मा मतदान हुने भएको हो ।

क्षेत्र नम्बर ४ मा सर्वसम्मतिमा टुंगिएको छ भने क्षेत्र नम्बर २ मा सहमति भइसकेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ । क्षेत्र नम्बर ३ मा भने अझै विवाद कायम नै छ । मनरासिस्वा नगरपालिका-८ मा पनि  आजै मतदान हुँदै छ । वडा अधिवेशन सकिएपछि मात्र क्षेत्र नम्बर ३ मा चुनाव हुने  नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्र राय यादवले जानकारी दिए ।

क्षेत्र नम्बर ३ मा विवादका कारण अझै प्रदेश प्रतिनिधि चयन हुन सकेको छैन । पालिका, क्षेत्रीय र प्रदेश प्रतिनिधि चयन गर्ने प्रक्रिया सकिएपछि मात्र जिल्ला अधिवेशनको तयारी गर्ने सभापति यादवको भनाइ छ ।

लामो विवादकै कारण अझै बल्वा नगरपालिकामा अधिवेशन हुन सकेको छैन । बल्वा नगरपालिकाको विवादलाई आजै सावधान गरी निष्कर्षमा पुर्‍याइने नेपाली कांग्रेसको तयारी छ । बल्वा नगरपालिकाको नगर अधिवेशन र मनरासिस्वा नगरपालिका-८ को अधिवेशन सम्पन्न भएपछि महोत्तरीमा नेपाली कांग्रेसको वडा र नगर अधिवेशन सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट