मंसिर ११, काठमाडौं | नेकपा एमालेको महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि सहभागी भएनन्।
चितवनमा शुक्रबार हुने एमालेको उद्घाटन सत्रमा शुभकामना दिन विभिन्न देशका प्रतिनिधि सहभागी हुने भए पनि चिनियाँ कम्युनिष्ट पार्टीबाट कोही नआउने एमाले प्रचार विभाग प्रमुख तथा १०औँ राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक योगेश भट्टराईले जानकारी दिए।
चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि महाधिवेशनमा सहभागी नभए पनि भिडियो सन्देश भने पठाएको छ।एमाले महाधिवेशनमा शुभकामना दिन प्रतिनिधि नभएको चिनियाँ कम्युनिष्ट पार्टीले भिडियो सन्देश पठाएर महाधिवेशन सफलताको शुभकामना दिएको संयोजक भट्टराईले बताए।
महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत विभिन्न देशका राजनितिक दलका नेताहरू सहभागी भएका थिए।