२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्र अब क्रान्तिकारी धारमा अघि बढ्छ : प्रचण्ड

२०७८, ११ मंसिर शनिबार ०९:४६

मंसिर ११, काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रक्रियावादी, अवसरवादी, संशोधनवादी, प्रतिक्रान्तिकारी सबैले माओवादी आन्दोलन र त्यसको नेतृत्वलाई तारो बनाएको बताएका छन्। पार्टीको ७५३ पालिका सम्मेलनलाई शनिवार भर्चुअल सम्बोधन गर्दै प्रचण्डले माओवादी र त्यसको नेतृत्वलाई तारो बनाएकाले परिवर्तनका उपलब्धि रक्षाका निम्ति सबै एकजुट हुनुपर्ने बताए।

‘कुनै न कुनै रूपमा माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरू र यसले अगाडि ल्याउन खोजेका समाजवादी आन्दोलन, समाजवादी अभियानलाई निस्तेज पार्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्त्वहरू लागेका छन्। यसलाई चिर्ने चुनौती पनि छ। यो एउटा अवसर र चुनौती दुवै हाम्रासामु खडा छ’ प्रचण्डले भने, ‘हामी एकतावद्ध भएर जाँदा यो सामना गर्न सकिन्छ। यसमा हामी सबै एकजुट भएर लागौं।’

प्रचण्ड अब पार्टी क्रान्तिकारी धारमा अघि बढ्ने बताए। उनले मार्क्सवाद, लेनिनवाद र माओवादी विचारधारालाई आत्मसात् गर्दै अघि बढ्न निर्देशन दिए। उनले नेकपाकालपछि पार्टीलाई पुनः अघि बढाउँदा नेताहरूमा क्रान्तिकारिता नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे। पार्टी अहिले विचार र संगठनलाई पुनर्गठित गर्दै अघि बढेको उनले बताए। प्रचण्डले राष्ट्रिय सम्मेलनलाई वैचारिक सम्मेलन बनाउन पार्टी हेडक्वार्टरलाई सुझाव दिन आग्रह गरे। फरक प्रसंगमा उनले एमालेको १०औं महाधिवेशनमा विचारलाई निषेध गरिएको टिप्पणी गरे।

‘तपाईँहरूले देख्नु नै भएको छ कुम्भमेलामा विचारलाई कुनै महत्त्व नै छैन,’ उनले भने, ‘यसरी पनि महाधिवेशन हुने रहेछ। हाम्रो राष्ट्रिय सम्मेलन अरू पार्टीको महाधिवेशनसँग तुलना नै हुन सक्दैन।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश