२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटका चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

२०७८, १४ मंसिर मंगलवार ०६:१४

मंसिर १४, जाजरकोट, हेमन्त केसी/न्युज कारखाना | जाजरकोटका चार पालिकामा नेकपा ( माओवादी केन्द्र)को अधिवेशन सम्पन्न भएको छ । पार्टीको केन्द्रीय सर्कुलरअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एकै साथ भर्चुअल माध्यमबाट पालिका अधिवेशनको उद्घाटन गरेसँगै यहाँका चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएको हो ।

नलगाड,भेरी नगरपालिका, कुशे र बारेकोट गाउँपालिकामा अधिवेशन सम्पन्न भएको माओवादी केन्द्र जाजरकोटले जनाएको छ । नलगाड नगर कमिटी अध्यक्षमा गणेश सिंह, जसको उपाध्यक्षमा अमर वली, बालकुमारी बस्नेत, गुमान रावत, सचिवमा प्रचण्ड वली सहसचिवमा वीरबहादुर खड्का र कोषाध्यक्षमा तेज बहादुर परियार सर्वसहमत निर्वाचित भएका छन् ।

६५ जना सदस्सीयको नगर कमिटी बनाइएको छ । बारेकोट गाउँ कमिटी अध्यक्षमा हरीबहादुर थापा चयन भएका छन् । माओवादी केन्द्रको बारेकोटमा भएको गाउँ कमिटीको अध्यक्षमा थापा चयन भएका हुन् । उपाध्यक्षमा योगेन्द्र सिंह, ओमबहादुर नेपाली, दलबहादुर सिंह, सचिवमा बसन्त शाही, सह सचिवमा प्रेम बोहरा र रमा रावत चयन भएको बारेकोट गाउँ कमिटीले जनाएको छ ।

संघीयता पछिको पहिलो गाउँ अधिवेशन निकै उत्साहजनक तवरले सम्पन्न भएको बारेकोट गाउँ कमिटीका अध्यक्ष हरिबहादुर थापाले बताए । गाउँ कमिटी ६५ सदस्सीय बनाईएको छ ।

भेरी नगर कमिटी अध्यक्षमा दिपक बस्नेत सर्वसहमत निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा मनबहादुर शाही, ललित बस्नेत, टेकबहादुर रोकाय, सचिवमा मिना पुन, सहसचिवमा खीमबहादुर विक र कोषाध्यक्षमा भिमहादुर खत्री चयन भएका छन् ।

कुशे गाउँपालिकामा अध्यक्षमा हरिचन्द्र जैसी, उपाध्यक्षमा मानबहादुर विक, विकास रोकाय, निरज कुमार पुन, कोषाध्यक्षमा सरस्वती विष्ट, सचिवमा कृष्णबहादुर शाही, सहसचिवमा बविता चनारा लगायतको नेतृत्व चयन भएको नेकपा कुशे गाउँ कमिटीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने