२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटका चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

१४ मंसिर २०७८, मंगलवार ०६:१४

मंसिर १४, जाजरकोट, हेमन्त केसी/न्युज कारखाना | जाजरकोटका चार पालिकामा नेकपा ( माओवादी केन्द्र)को अधिवेशन सम्पन्न भएको छ । पार्टीको केन्द्रीय सर्कुलरअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एकै साथ भर्चुअल माध्यमबाट पालिका अधिवेशनको उद्घाटन गरेसँगै यहाँका चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएको हो ।

नलगाड,भेरी नगरपालिका, कुशे र बारेकोट गाउँपालिकामा अधिवेशन सम्पन्न भएको माओवादी केन्द्र जाजरकोटले जनाएको छ । नलगाड नगर कमिटी अध्यक्षमा गणेश सिंह, जसको उपाध्यक्षमा अमर वली, बालकुमारी बस्नेत, गुमान रावत, सचिवमा प्रचण्ड वली सहसचिवमा वीरबहादुर खड्का र कोषाध्यक्षमा तेज बहादुर परियार सर्वसहमत निर्वाचित भएका छन् ।

६५ जना सदस्सीयको नगर कमिटी बनाइएको छ । बारेकोट गाउँ कमिटी अध्यक्षमा हरीबहादुर थापा चयन भएका छन् । माओवादी केन्द्रको बारेकोटमा भएको गाउँ कमिटीको अध्यक्षमा थापा चयन भएका हुन् । उपाध्यक्षमा योगेन्द्र सिंह, ओमबहादुर नेपाली, दलबहादुर सिंह, सचिवमा बसन्त शाही, सह सचिवमा प्रेम बोहरा र रमा रावत चयन भएको बारेकोट गाउँ कमिटीले जनाएको छ ।

संघीयता पछिको पहिलो गाउँ अधिवेशन निकै उत्साहजनक तवरले सम्पन्न भएको बारेकोट गाउँ कमिटीका अध्यक्ष हरिबहादुर थापाले बताए । गाउँ कमिटी ६५ सदस्सीय बनाईएको छ ।

भेरी नगर कमिटी अध्यक्षमा दिपक बस्नेत सर्वसहमत निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा मनबहादुर शाही, ललित बस्नेत, टेकबहादुर रोकाय, सचिवमा मिना पुन, सहसचिवमा खीमबहादुर विक र कोषाध्यक्षमा भिमहादुर खत्री चयन भएका छन् ।

कुशे गाउँपालिकामा अध्यक्षमा हरिचन्द्र जैसी, उपाध्यक्षमा मानबहादुर विक, विकास रोकाय, निरज कुमार पुन, कोषाध्यक्षमा सरस्वती विष्ट, सचिवमा कृष्णबहादुर शाही, सहसचिवमा बविता चनारा लगायतको नेतृत्व चयन भएको नेकपा कुशे गाउँ कमिटीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण