२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

६ पुष २०७८, मंगलवार ०६:१८

पुस ६, काठमाडौँ | सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। आज अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठकअघि सभामुखले कार्यव्यवस्थाको बैठक बोलाएका हुन्।

बिहान ११ः३० बजे पछी  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ। बैठकमा संसद्को कार्यसूचीलगायत विषयमा छलफल हुने सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।

सभामुखले आवश्यक ठानेको अवस्थामा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने व्यवस्था छ। समितिमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मालिमामन्त्री, प्रमुख प्रतिपक्षीसहित विभिन्न दलका प्रमुख सचेतकको सहभागिता रहन्छ। समितिमा बैठकको कार्यसूची, आगामी बैठकलगायत विषयमा छलफल हुनेछ।

प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तरको अवरोधका कारण संसद्को कामकारबाही प्रभावित हुँदै आएको छ। एमालेले आफूले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना टाँस नभएसम्म बैठक अवरुद्ध पार्ने बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ