पुस ६, काठमाडौँ | प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नुपूर्व बैठकको कार्यसूची तय गर्नका लागि बैठक बोलाइएको हो।
यसअघि मंसिर २८ गते बसेको प्रतिनिधिसभाको बैठक एमालेले अवरोध गरेको थियो। आफ्नो दलले गरेको १४ सांसदमाथिको कारवाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै रुष्ट बनेको एमालेले संसद अवरुद्ध गर्दै आएको छ।