पुस ६, काठमाडौँ | प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सभामुख अग्नि सापकोटाले भोलि (बुधबार) दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन्।
आजको बैठकमा चारवटा अध्यादेशहरु प्रस्तुत गरिएको थियो। प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेको विरोध आज पनि जारी रहेकाे थियाे। यद्यपि विरेाधका बीच पनि प्रस्तुत भएका चारमध्ये दुई अध्यादेश स्वीकृत भएको छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले पेस गरेका अध्यादेशहरु स्वीकृत भएको हो ।
‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश,२०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ स्वीकृत भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै एमाले सांसदहरुले विरोध गरेका थिए ।