२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमा मेराे उपस्थितिले ओलीकाे सात्ताे जान्छ : नेपाल

६ पुष २०७८, मंगलवार ०९:४४

पुस ६, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदमा आफ्नो उपस्थितिले केपी ओलीको सात्तो गएको टिप्पणी गरेका छन्। उनले ओलीको सात्तो गए पनि आफूलाई मतलब नभएको बताएका हुन्।

उनले भने, ‘कमसेकम मेरो उपस्थितिले केपीको सातो त गइरहेको छ नि, सातो जाओस् केही मतलब छैन। नेपाली जनताको सातो कायम रहनुपर्छ।’ संसदको मंगलबार बसेको बैठकमा आफू उपस्थिति नहुँदा माधव नेपाल भाग्यो भनेर आरोप आउन सक्ने पनि उनले बताए।

उनले भने, ‘म आज संसद जानैपर्ने नत्र अर्को प्रचार गर्न बेर छैन माधव कुमार नेपाल भाग्यो भनेर। कति गाह्रो छ हेर्नुस, अहिले म बाहिर भएको मौकामा आएर केपी ओली छिर्न बेर छैन।’ पोखरामा पार्टीले गरेको गण्डकी प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण भेलामा अध्यक्ष नेपालले उक्त टिप्पणी गरेका हुन्।

राजनीतिमा प्रष्टता भयो भने बैरीसँग जुध्न सजिलो हुने भन्दै उनले आफूहरुको पहिलो प्रतिद्वन्द्वी एमाले भएको बताए । ‘केपी ओलीको कब्जामा रहेको प्राइभेट लिमिटेडको कथित एमाले हाम्रो पहिलो प्रतिद्वन्द्वी बन्न पुगेको छ,’ उनले भने, ‘हामीलाई शत्रु घोषणा गरेको छ।’

ओलीले आफूहरुको अनुहार पनि हेर्दिनँ भनेको दाबी गर्दै नेपालले कांग्रेसको महाधिवेशनमा आफूहरुलाई हेर्दै बस्नु परेको पनि बताए। ‘हाम्रो अनुहार पनि हेर्दिन भनेको छ, कस्तो संजोग- हाम्रो अनुहार हेर्दै जानुपरेको छ। कांग्रेसको कार्यक्रममा आउन हुने, एउटै स्टेजमा बस्न हुने, अरु ठाउँमा हामीलाई छुवाछुतको व्यवहार गर्ने ?’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ