पुस ६, काठमाडौँ | पर्यटन उड्डयन मन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमलाई निजीकरण नगर्ने बताएका छन्। आज न्यूरोडस्थित निगमको कार्यालय पुगेका आलेले निजीकरण नगर्ने घोषणा गरेका हुन्।
यसअघिको व्यवस्थापनले निगमलाई निजीकरण गर्ने निर्णय गरेको थियो। आले आएपछि व्यवस्थापन प्रमुख डिमप्रसाद पौडेललाई मन्त्रालय तानेर नयाँ कार्यकारी अध्यक्ष नियुक्त गरिसकेका छन्। निजीकरणको विरोधमा निगमका कर्मचारी थिए।
उनीहरूले पौडेललाई कार्यालय छिर्नसमेत दिएका थिएनन्। निगमको ऋण धेरै छ। ऋण तिर्नेगरी उनले निजीकरण गर्ने योजना अगाडि बढाएका थिए। यो निर्णय विरुद्ध आलेले निजीकरण नगर्ने निर्णय गरेका हुन्।